रोकिएन महिला हिंसा

१५ पुष २०६९, आईतवार २२:०६ मा प्रकाशित

सर्लाही १५ पुस । पछिल्लो समयमा नेपालमा महिला हिंसाका घटना बढ्दै गएको छ । दिनप्रतिदिन महिला हिंसाका घट्ना बढेका बेला सर्लाही जिल्लाको पथ्थरकोट ७ हिरापुरमा एक महिलाको संकास्पद मृत्यु भएको छ ।
एघार महिना अघि बिबाह गरेकी १८ बषिर्या ममता महतो आज दिउँसो मृत अबस्थामा घरमा फेला परेकी हुन् । उनको मृत्यु लगत्तै पति रामकिसुन बेपत्ता छन् ।
घरको ढोका बाहिर ममतालाई लडेको अबस्थामा देखेपछि स्थानीयले प्रहलाई खबर गरेका थिए । प्रह पुग्दा मृत्यु भइसकेको थियो । घरभित्र एउटा प्लेटमा चाउमिन, अर्को प्लेटमा भुटेको मकै राखेको र श्रृंगारको सामान राखिएको बाकसका सामान छरिएको अबस्थामा फेला परेको प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए ।
रामकिसुनकी पहिली पत्नीले एक बर्ष अघि २ वालवालिका सहित आत्महत्या गरेपछि ममतालाई दोस्री श्रीमतीको रुपमा भित्र्याएका थिए । उनको मृत्यु रहस्यमय भएको प्रहले दावी गरेको छ । मृत्युको सुचना नदिनु, प्रह पुग्नासाथ पति बेपत्ता हुनु, घर भित्र सामान फ्याकिएको पाइनुले मृत्यु अघि पति पत्नी बिच झगडा भएको हुन सक्ने प्रहको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।