राष्ट्रपति यादवद्वारा शान्ति र संविधानका लागि खवरदारी गर्न नागरिकलाई आग्रह

१३ चैत्र २०६८, सोमबार १८:३० मा प्रकाशित

बाग्लुङ,१३ चैत । राष्ट्रपति रामवरण यादवद्वारा शान्ति र संविधानका लागि प्रमुख दलका नेतालाई खवरदारी गर्न नागरिकसमाजलाई आग्रह गर्नु भएको छ । बाग्लुङ महोत्सव उद्‌घाटन गर्न आउनु भएका राष्ट्रपति यादवले भन्नु भयो तपाई‌ खबरदारी गर्नुहोस्, म वाचमेनको भूमिका निर्वाह गर्छु।
जेठ १४ भित्र संविधान बनाउनुको विकल्प नभएको बताउँदै राष्ट्रपति यादवले सर्वोच्चको फैसला लाइ सम्मान गर्दै तीन करोड नेपालीको भवानाअनुरुप कम गर्न समेत दलहरुलाई आग्रह गर्नु भयो ।

राष्ट्रपति यादवले आजै ढोरपाटन सिकार आरक्षको अवलोकन र कालीका भगवती मन्दिरको दर्शन गर्नु भएको छ ।
महोत्सवमा सहभागी हान आउनुभएका उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशीले लगानीमैत्री बातारण नबनेकोले आर्थिक सम्बृद्धि हुन नसकेको बताउनु भएको थियो । औधोगिक सुरक्षाको महशुस नहुँदासम्म लगानीकर्ता ढुक्क हुन नसक्ने हुदा सारक त्यस तर्फ सचेत रहन आग्रह गर्नु भयो । महोत्सवमा उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बाग्लुङका पर्यटकीय गन्तव्यहरु ढोरपाटन सिकार आरक्ष, गाजाको दह, घुम्टेको लेक , भकुण्डे लगायतका क्षेत्रलाई पर्यटकीय रुटमा पार्न पहल गरिदिन राष्ट्रपतिलाई आग्रह गर्नु भएको थियो । आजदेखि सुरु भएको महोत्सवमा स्थानीय कला संस्कृती, घरेलु तथा कृषि जन्य उत्पादन लगायत करिव २सय ५० स्टल राखिएको छ।

महोत्सवको अवसरमा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, आईटिएफ तथा शैक्षिक प्रदर्शनि, खुला नृत्य प्रतियोगिता र परम्परागत झांकिको प्रदर्शनिले समेत महोत्सवलाई थप आर्कषक बनाउने प्रायश गरिएको उद्योग बाणिज्य संघले जनायको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका