उत्कृष्ट दश पर्यटकीय गन्तव्यमा मुस्ताङ पनि

१५ पुष २०६९, आईतवार १२:५८ मा प्रकाशित

बाग्लुङ, १५ पुस । सन् २०१३ का लागि विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यमा मुस्ताङ परेको छ । नेपालको सिमानाभित्र परे पनि ‘लिटिल तिबेट अथवा द लास्ट फरबिडन किङडोम’ भनेर उपल्लो मुस्ताङलाई विश्वका १० उत्कृट गन्तव्यमध्ये तेस्रो नम्बरमा राखिएको हो ।
लोन्ली प्लानेट नामक प्रख्यात संस्थाले अन्तिम अर्धनिषेधित अधिराज्य ‘लिटिल तिबेट अथवा द लास्ट फरबिडन किङडोम’ हेर्ने अन्तिम अवसर भएकाले पर्यटकका लागि नपुगी नहुने गन्तव्यका रुपमा समेत व्याख्या गरिएको छ । नेपालको उत्तरी सिमानामा रहेर पनि भाषा, संस्कृति, मौसम, भूवनोट तिब्बतकै जस्तो रहेको प्रतिवेदनमा उल्लेख छ ।
सन् ०१३ का लागि प्रकाशित उत्कृष्ट गन्तव्यमा फ्ररान्सको कोरसिक, इजरायलको द नेग्याम, नेपालको मुस्ताङ क्रमश : पहिलो, दोस्रो र तेस्रोमा रहेका छन् । लोन्ली प्लानेट संसारमा सबैभन्दा बढी बिक्री हुने ट्राभल बुक हो । यसले आधिकारिक रुपमै नेपाल र मुस्ताङलाई उत्कृष्ट १० गन्तव्यमा राख्नु सबै नेपालीका लागि खुसिको कुरा भएको नेपाल पर्यटन बोर्डका मिडिया संयोजक शरद प्रधानले बताए । उनका अनुसार यसले नेपालमा बाह्य पर्यटक भित्रयाउन सहयोग पु¥याउँछ ।
विदेशीका लागि पूरुर्णपले निषेधित भएता पनि सन् १९९२ बाट उपल्लो मुस्ताङ विदेशीका लागि प्रतिव्यक्रित ७ सय डलर १० दिनभित्र पैदयात्रा गर्नेगरी निश्चित पर्यटक मात्र आउन दिने गरिएको थियो । सरकारको नीतिअनुसार पछिल्ला वर्षमा १० दिनका लागि प्रतिव्यक्रित ५ सय डलर लिएर धेरै पर्यटकलाई अनुमति दिएर भ्रमण गर्न दिन थालिएको छ ।
लोन्ली प्लानेटले हालै आङ्खनो वेभसाइडमार्फत यसलाई महँगो पदयात्रा अनुमति पत्रसमेत भएकाले सरकारले सहज बनाउँदै लैजाने अपेक्ष राखेको छ । संस्थाको वेभसाइडमा मोटरबाटोले जोडिएपछि यो दुर्गम भेगमा पदयात्राका दृष्टिकोणले व्यापक परिर्वतन आउने अपेक्ष गरिएको उल्लेख छ । ‘मुस्ताङ विकासका चार आधार, कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधार’ भन्ने नारा साकार पार्न गुरुयोजना तयार गर्ने तयारी भइरहेको बेला आफूहरुलाई थप उत्साहित बनाएको मुस्ताङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए ।
तिब्बतियन सभ्यता हराउँदै जानथालेकाले यो सभ्यता हेर्ने अन्तिम अवसरसमेत भएको र सक्दो छिटो उपल्लो मुस्ताङको भ्रमण गर्न पनि आग्रह गरिएको छ । लोन्ली प्लानेटले सन् २००५मा विश्वकै उत्कृष्ट १० पर्यटक पदमार्गमध्ये अन्नपूर्ण फेरोलाई समेत राखेको थियो । केही वर्षयता अन्नपूर्ण फेरोका धेरै भूभागमा मोटर आएपछि दश उत्कृष्ट पदमार्गबाट हटाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको