कांग्रेस नेता बाँस्तोलाको अवस्था चिन्ताजनक, भेन्टिलेटरमा राखेर उपचार गरिदै

१५ पुष २०६९, आईतवार १२:२५ मा प्रकाशित

काठमाडौं, १५ पुस । कांग्रेसका बौद्धिक नेता च्रक्रप्रसाद बाँस्तोला गम्भिर विरामी परेका छन् । उनको मोरङको विराटचोकस्थित बास्तोला समाजको एक कार्यक्रममा हिजो मस्तिष्कघात भएको थियो ।
कार्यक्रममा एक्कासी बेहोस भएपछि उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर, त्यहाँका चिकित्सकले उहाँलाई मस्तिष्कघात भएकाले अबिलम्ब अन्यत्र लान सुझाव दिएपछि उनलाई अपराह्न सिलगुडी लगिएको थियो ।
सिलिगुडीस्थित जुपिटर एआरआई एण्ड डाइगोनेस्टिक सेन्टरमा भर्ना गएरिका उनलाई आज रातिनै राति मस्तिष्कको शल्यक्रिया गरिएको थियो । अस्पतालका डा. सिद्धिराज शर्माको नेतृत्वको टोलीले करिब तीन घन्टा लगाएर राति साढे ९ बजे शल्यक्रिया सम्पन्न गरेको उनका भतिज तारा बास्तोलाले जानकारी गराएका थिए ।
तर, उनको आज विहान सम्म पनि होस नखुलेपछि आज बिहानैबाट भेन्टिलेटरमा राखिएको छ । भतिजा तारका अनुसार बाँस्तोलाको अवस्था अत्यन्तै चिन्ताजनक छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार