राजधानी सफा गर्ने अभियान सूरु

१५ पुष २०६९, आईतवार १२:११ मा प्रकाशित

काठमाडौं, १५ पुस । राजधानी काठमाडौ सफा गर्ने अभियान आजबाट सूरु भएको छ । नगर क्षेत्रलाई व्यवस्थित र सफा राख्न संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको अगुवाइमा काठमाडौं महानगरपालिकाले चरबद्ध रुपमा सरसफाई कार्यक्रम सुरु गरेको हो ।
महानगरपालिकाले सफाई अभियान त्रिपुरेश्वरबाट सूरु गरेको छ । सफाइका लागि यसका लागि नगरपालिकाका कर्मचारी, प्रहरी, कुचीकारलगायत झण्डै १ सय जना खटिएका छन् । पहिलो चरण अन्तर्गत त्रिपुरेश्वर, जमल, दरबारमार्ग, जय नेपाल हलको बाटोबाट पुतलीसडक, थापाथालीसम्मको ६ किलोमिटर क्षेत्रमा सफाई गर्ने कार्यक्रम तय गरिएको छ ।
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीका अनुसार पहिलो चरणको कार्यक्रम ३ देखि ६ महिनाभित्र सक्ने लक्ष्य राखीएको छ । जथाभावी फोहोर फाल्ने व्यक्तिलाई ५ सय देखि १५ हजार रुपैँयासम्म र संस्थाका लागि १ हजारदेखि १ लाख रुपैँयासम्म जरिवाना तोकीएको छ ।
सम्भव भएसम्म सफाई गरिएका क्षेत्रलाई हरियाली बनाउने महानगरपालिकाले जनाएको छ । बाटोमा फोहोर हुन नदिन सडकपेटीमा डस्बिन राख्ने काम चलिरहेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार