सहमतिका लागि राष्ट्रपतिसमक्ष फेरी थप समय माग

१५ पुष २०६९, आईतवार १२:०३ मा प्रकाशित

काठमाडौं, १५ पुस । एमाओवादी, कांग्रेस, एमाले तथा मधेशी मोर्चाको नेताहरुले राष्ट्रिय सहमतिका लागि भन्दै फेरी फेरी पाँच दिनको समय मागेको छन् । राष्ट्रपति डा. रामबरण यादवले दिएको छैटौं पटकको समयसीमामा पनि सहमतीय सरकार गठन गर्न असफल भएपछि उनीहरुले  समयमा मागेका हुन् ।
राष्ट्रपतिले गत ९ गते ६ दिनको समय थपेर भारत भ्रमण गएका पनि हिजो स्वदेश फर्कदासम्म पनि दलहरु सहमती गर्न असफल भएका थिए । दलहरुबीच सहमति हुन नसकेपछि दलका नेताहरु आज राष्ट्रपति भवन शितल निवासमा पुगी राष्ट्रपतिसंग सामूहिक छलफल गर्दै थप समय माग गरेका हुन् । छलफलमा चारवटै दलका प्रमुख नेताहरुको सहभागिता रहेको थियो ।
छलफलमा उनीहरुले आफूहरु सहमति जुटाउन प्रतिबद्ध रहेको बताएका थिए । राष्ट्रपति यादवले भने अब जसरी भएपनि सहमति गर्न शीर्र्ष नेताहरुसँग आग्रह गरेका थिए । छलफलको विचबाटै बाहिरिएका काङ्ग्रेस सभापति सुशील कोइराला भने दलहरुले सहमतिका लागि थप समय दिन राष्ट्रपति समक्ष आग्रह गरिएको छ । छलफलबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनालले आफूहरुले अबको पाँच दिनमा अधिकतम पहल गरेर सहमति गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । उनले छलफलमा राष्ट्रपतिको भारत भ्रमणको बारेमा पनि कुरा भएको जानकारी दिए । 

यसैगरी उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले यहि पुस २५ अघिसम्म सहमति गर्ने गरी म्याद थप्न राष्ट्रपतिसँग आग्रह गरिएको जानकारी दिए । उनले सहमतीय सरकार र सहमति कार्यान्वयनको लागि प्याकेजमै सहमति गर्ने गरी दुइचरणको म्याद थप्न आग्रह गरिएको बताए ।
उनका अनुसार छलफलमा राष्ट्रपतिले सहमति गर्ने जिम्मा दलहरुकै भएको भन्दै ढिला भएको चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

आजको प्रमुख समाचार