भालुको आक्रमणबाट गम्भीर घाइते

१५ पुष २०६९, आईतवार ११:४८ मा प्रकाशित

छविलाल बगाले/ लमजुङ, १५ असार । पूर्वी लमजुङको बन्सार गाविस–८ का एक ब्यक्तिलाई भालुले आक्रमण गरेको छ । निगालो काट्नको लागि शनिबार साँझ गाउँकै केल्चो जंगलमा गएका स्थानीय ४३ बर्षिय गाइने विकलाई भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट विकको दाहिने पिँडौला छियाछिया भएको छ भने शरीरका अन्य ठाउँमा पनि चोट लागेको छ । गम्भीर घाईते भएका गाइने विकलाई हिजो राती नै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि पुरयाइएको थियो । उनकोे गएराति नै शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा