‘नेपालमा सहमतिय सरकार गठन होस भन्ने पक्षमा भारत’ : राष्ट्रपति

१५ पुष २०६९, आईतवार ११:४६ मा प्रकाशित

काठमाडौं, १५ पुस । राष्ट्रपति डाक्टर रामवरण यादवले भारतीय सरकार तथा विभिन्न नेताहरुसंगको भेटमा आफूले भारत नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन भएको हेर्न इच्छुक रहेको पाएको बताएका छन् ।
पुस ९ गते २२ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका राष्ट्रपति यादवले स्वदेश फर्केपछि अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग यस्तो कुरा बताएका हुन् । उनले भने, ‘भारतको चाहना राष्ट्रिय सहमतिको सरकार बनोस भन्ने रहेको छ ।’
भारतले नेपालमा शान्ति र संविधान होस् भन्ने चाहेको भन्दै राष्ट्रपति यादवले सबै मिलेर दललाई मिलाउनु पर्नेमा जोड दिए । आफ्नो भ्रमण सफल भएको र आफूनो स्वास्थ्य परिक्षण पनि गराएको जानकारी गराँदै राष्ट्रपति यादवले आफ्नो भ्रमण फलदायी नै भएको प्रतिक्रिय दिए ।
भारतमा रहँदा भारतीय समकक्षी, प्रधानमन्त्री र बिभिन्न दलका शीर्र्ष नेतासँग भेटवार्ता गरेका थिए ।  राष्ट्रपति यादवले बनारस हिन्दू विश्वविद्यालयबाट कानूनमा विद्यावारिधीको उपाधि समेत ग्रहण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

आजको प्रमुख समाचार