कांग्रेस नेतृत्वसमक्ष नेवि संघका नेताले पोखे असन्तुष्टि

१५ पुष २०६९, आईतवार ११:३५ मा प्रकाशित

काठमाडौं, १५ पुस । प्रमुख दलहरुबीच असहमति बढेका कारण मुलुकको राजनीति दिनानुदिन निरासाजनक बन्दै गएको परिवेशमा सबभन्दा पुराने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको भातृ संगठन नेवि संघ समेत विवादको भासमा परेको छ । संगठनभित्र सर्वसत्तावाद लादिएकोले एक समूहले जबर्जस्ती घोषणा गरेको महाधिवेशन हुन नसक्ने र यसका लागि पार्टीले नै सहजीकरण र निकास खोज्नुपर्ने अपिल बोकेर नेवि संघका असन्तुष्ट पक्ष कांग्रेस नेतृत्वसमक्ष पुगेका छन् । विद्यार्थी संगठन हेर्ने जिम्मेवारी पाएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहलाई नेवि संघका प्रभावशाली नेता नैेनसिंह महरसहितका असन्तुष्टहरुले भेटेर तत्काल समस्या समाधानको उपाय निकाल्न आग्रह गरेका छन् ।
आइतबार बिहानै महामन्त्र िसिंहसँगको भेटमा महरले एमाओवादीलाई सर्वसत्तावादी भनेर आक्षेप लगाउनुअघि कांग्रेस नेतृत्वले आफ्नै दलभित्र हुर्किरहेको सर्वसत्तावादी चरित्रप्रति नियाल्नु पर्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।
नेवि संघलाई कब्जामा लिएर बसेका एकथरी व्यक्तिहरुको समुह महाधिवेशन नगराउन अनेक बहानावाजी गरिरहेको भन्दै असन्तुष्ट नेविसंघ नेताहरुले आफूखुशी गठन र विघटन गरेका ईकाई समिति खारेज गर्नुपर्ने माग समेत गरेका छन् । उनीहरुले निर्वाचन समिति बनाउन, महाधिवेशन स्थलको घोषणा गर्न पनि माग गरेका छन् ।
स्मरण रहोस्, कांग्रेसले नेविसंघ महाधिवेशन माघ पहिलो साता गर्ने घोषणा गरे पनि क्याम्पस ईकाई, क्षेत्रीय र जिल्ला अधिवेशनहरु भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार