नेपालीहरुका अगुवा लक्ष्मी काँग्रेसका नेता भए

१३ चैत्र २०६८, सोमबार १८:११ मा प्रकाशित

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, १३ चैत्र । पोर्तुगलमा रहेका नेपालीहरुका चित्तबुझ्दा अगुवा लक्ष्मीप्रसाद सापकोटा आजदेखि काँग्रेसका नेता भएका छन् । नेपाली जन सम्पर्क समिति पोर्तुगलको दोश्रो महाधिवेशनले लक्ष्मीप्रसाद सापकोटालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

यस अघि गैह्र आवासीय नेपाली संघमा अध्यक्ष रहँदा निर्विवाद भूमिका निर्वाह बहन गरेका सापकोटा जन सम्पर्कको अध्यक्षमा निर्वाचित हुँदा पोर्तुगलमा रहेका नेपालीहरु अचम्म परेका छन् । अधिवेशनले समितिका सबै पदाधिकारीहरुको निर्विरोध चयन गरेको छ ।

निर्वाचितहरुमा उपाध्यक्षत्रयमा खेमराज रानाभाट, सुशील शर्मा गैरे, भानु सापकोटा, महामन्त्रीमा बिनोद घिमिरे, सहमहामन्त्रीद्वयमा नारायण सुवेदी, वुद्धी गुरुङ र कोषाध्यक्षमा विष्णु लुइँटेल रहेका छन् । सदस्यहरुमा अशोक घिमिरे, बिष्णु गौतम, कमल सापकोटा, कृतिकला पोखरेल, महेन्द्र कंडेल, नरेन्द्रनाथ ढकाल, प्रल्हाद कंडेल, राजेन्द्र परियार, सरोज खनाल, शालिकराम घिमिरे, शिवराज पौडेल र उत्तम रिजाल निर्वाचित भएका छन् ।

उम्मेदवारी फिर्ता गर्ने समय सीमामा अध्यक्षका प्रत्यासी भीम केसीले उम्मेदवारी फिर्ता गरेका थिए भने अर्का उम्मेदवार राजकुमार गौतमले आइतबार दिउसो ३:३० बजे मात्र उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन समितिले भने दिउसो १२ बजे देखि ६ बजेसम्म निर्वाचनको समय निर्धारण गरेको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि जन सम्पर्क समिति युरोपका उपाध्यक्ष एवं जन सम्पर्क समिति पोर्तुगलका अध्यक्ष पूर्ण हमालले समझदारीमा समिति चयन गर्न लामो कसरत गर्दा सफल भएको कुरा बताएका छन् । वक्ताहरुले विदेशमा पनि देशको चिन्ताका लागि राजनीति गर्नुपरेको, जनसम्पर्कले नेतृत्वदायी भूमिका निर्वाह गरेको र यहाँको बेरोजगार र आप्रवासी प्रक्रियामा आइपर्ने समस्या समाधानका लागि काम गर्ने भनाइ व्यक्त गरेका थिए ।

मन्तव्यको क्रममा अरुले उम्मेदवारी फिर्ता लिएर निर्विरोध भएकाहरुलाई शासक नभई शासित जस्तो सामाजिक सेवा गर्न चुनौति पनि दिइएको थियो । आयोजकले प्रचारबाजी गरेर पनि गगन थापालाई प्रमुख अतिथिको रुपमा ल्याउन नसकेकोमा क्षमायाचना मागेका थिए ।

नेपाली लोकतान्त्रिक मंचका अध्यक्ष बालाराम बिक, नेपाली जनप्रगतिशील मंचका प्रतिनिधि नारायण सुबेदी, एनआरएन अध्यक्ष रमेश गुरुङ, खेमराज रानाभाट, हेमन्त सेढाई र दामोदर सुवेदीले अधिवेशनको सफलताका लागि शुभकामना दिएका थिए ।

उद्घाटन सत्रको अध्यक्षता उपाध्यक्ष राजकुमार गौतम, स्वागत सचिव सुरेन्द्र अमगाईं, संचालन सदस्य विनोद घिमिरेले गरेका थिए । प्रमुख अतिथि चाहि जनसम्पर्क पोर्तुगलका अध्यक्ष पूर्ण हमाल रहेका थिए ।

दुई वर्ष कार्यकाल रहेको जन सम्पर्कको अधिवेशन चार वर्षपछि मात्र भएको हो । समितिमा २ जना महिला, १ जना जनजाति र १ जना दलित रहेका छन् । जिल्लागत रुपमा हेर्दा नवलपरासीका ४, बागलुंगका ३, तनहुँका ३, अर्घाखांचीका २, कास्कीका २ र चितवनका २ जना रहेका छन् । अरु काठमान्डौ, रुपन्देही र स्याङ्जाका १/१ जना समेटिएका छन् । उपाध्यक्ष मुक्ति नारायण श्रेष्ठको अध्यक्षतामा संचालन भएको बन्द सत्रमा भीम केसीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र प्रगति प्रतिवेदन साथै कोषाध्यक्ष नारायणप्रसाद सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र