राष्ट्रपति यादवसँग पाँच पटक भेटेका खुर्सीदले के ‘खुसामद’ गरे ?

१५ पुष २०६९, आईतवार ०९:५० मा प्रकाशित

काठमाडौं, १५ पुस ।  राष्ट्रपति रामवरण यादवको भारत भ्रमणले नेपालको गतिरोधयुक्त राजनीतिमा सकारात्मक या नकारात्मक रुपमा के कति फरक पार्ला ? यो प्रश्न यतिबेला सर्वाधिक रुपमा चासोको विषय बनेको छ । तर, भारतबाट फर्किएपछि राष्ट्रपतिबाट व्यष्क्त भनाईका आधारमा नेपालको राजनीतिलाई अघि बढाउने सवालमा उनले भारतबाट कुनै विशेष सुझाव निर्देशन पाएका छैनन् । नेपालको समसया यहीँका राजनीतिक दल तथा नेताहरुले नै सहमतिबाट सुल्झाउनु पर्ने कुरालाई राष्ट्रपतिले दोहोरयाए । भारतले पनि नेपालका कुनै पनि शक्तिलाई च्याप्ने या दुत्कार्ने नीति आफ्नो नभएको बताएको छ । यसो भनेर उसले नेपालको आन्तरिक मामलामा चासो नदिएको सन्देश प्रवाहित गर्न खोजेको छ ।
तर, सतहमा दर्शाउन खोजिएजस्तै भारतले यतिबेलाको नेपाल मामलामा तटस्थता अपनाइरहेको छ भन्नेमा विश्लेषकहरुको ठूलो पंक्तिले विश्वास गरिरहेको छैन । किनकि राष्ट्रपतिको ६ दिवसीय भारत भ्रमणका क्रममा त्यहााका विदेशमन्त्री सलमान खुर्सीदले मात्र समूहमा र व्यक्तिगत गरी पाँचपटक भेट गरेका थिए । केही महिनाअघि मात्रै भारतीय विदेश मन्त्रालयको कार्यभार सम्हालेका खुर्शिदले राष्ट्रपति यादवको भारत भ्रमणमा नेपालबारे निकै गहिरो चासो राखेको देखियो ।  विदेशमन्त्रीका रुपमा भारतको नेपाल नीतिको प्रमुख प्रतिनिधि पात्र उनी नै रहेका र यतिबेला नेपालको राजनीतिमा सबैले आशाको नजर लगाइरहेका पात्र राष्ट्रपति रामवरणलाई पाँच पाँच पटक उनले भेट्नुले नेपाल मामलामा भारतीय चासो गहिरो रहेको त्यसै प्रस्टिन्छ ।
बताइउअनुसार गत मंगलवार खुर्शिदसँगको एक घण्टा लामो एकल ‘ब्रेकफास्ट मिटिङ’बाट राष्ट्रपति यादवले नयाँ दिल्लीमा आफ्नो राजनीतिक भेटवार्ता थालेका हुन् । उक्त भेटलगत्तै खुर्शिदले भारतीय विदेशमन्त्रालयका अन्य उच्च अधिकारीसँगै राष्ट्रपति यादव नेत्तृत्वको नेपाली टोलीसँग औपचारिक बैठक गरे । त्यही दिन सत्तारुढ गठवन्धन युनाईटेड प्रोग्रेसिभ एलायन्स् युपीएकी अध्यक्ष सोनिया गान्धी र राष्ट्रपति यादवबीच भएको भेटमा पनि खुर्शिद आफ्ना अर्का सहकर्मी वाणिज्य तथा उद्योगमन्त्री आनन्द शर्मासँगै सहभागी भए । सोही दिन अबेर साँझ भारतीय प्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रति यादवको सम्मानमा आयोजना गरेको रात्रिभोजमा खुर्शिद पनि विशेष तवरले सरिक थिए । राष्ट्रपति यादवको भ्रमणमा उनले शुक्रवार राती नौ बजे राष्ट्रपति बसेको ओवराय होटमै पुगेर ४५ मिनेटसम्म पाँचौ तथा अन्तिम भेट गरेका थिए । कुनै पूर्वयोजना विना अकस्मात तय गरिएको उक्त भेटबारे परराष्ट्र अधिकारीहरु समेत अन्तिम समयसम्म अनविज्ञ रहेका बताइन्छ । उक्त भेटबाट बाहिरिएपछि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै खुर्शिदले राष्ट्पतिको स्वास्थ्यअवस्थाबारे बुझ्न आएको प्रतिक्रिया दिए । तर, स्वास्थ्य अवस्था बुझ्न मात्र अबेर रातीको समयमा पौने घण्टा खुर्सीदले किन खर्च गरे ? यो सवाल निकै अहम् महत्वको रहेको छ । उक्त भेटमा के कुरा भयो भन्नेबारे राष्ट्रपतिले बोलेर या व्यवहारमार्फत् खुलासा नगरेसम्म यसै भन्न नसकिने अवस्था छ । आज नेपालका मुख्य चार दलसँग फेरि परामर्श गर्न लागेका राष्ट्रपतिले पुनः एकपटक केही दिनको म्याद थप्न सक्ने संकेत मिलेको छ, तर भारतबाट उनले पाएको सुझावको कार्यान्वयन भएको देख्न भने अब धेरै दिन कुर्नुनपर्ने टिप्पणीकारहरुको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार