लुम्बिनी एक्स्पोको लक्ष्य पूरा भएको दाबी : नौ दिनमै २८ करोडको कारोबार

१५ पुष २०६९, आईतवार ०९:०१ मा प्रकाशित

रुपन्देही, १५ पुस । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको नवौं दिनमै आयोजकले लिएको लक्ष्य पुरा भएको छ । मेलामा शनिबार मात्रै करिव १ लाख ४० हजार दर्शक अवलोकनका लागि भित्रिएपछि आयोजक रुपन्देही व्यापार संघले लिएको पाँच लाख दर्शक भित्र्याउने लक्ष्य मेला सञ्चालनको ९ दिनमै पुरा भएको हो । मेला आयोजक मूल समितिका संयोजक तथा संघका अध्यक्ष टंक पोखरेलका अनुसार पुस ६ गतेदेखि सुरु भएको लुम्बिनी एक्स्पोमा अपेक्षा गरिएभन्दा बढी दर्शक भित्रिएपछि शानिबार सम्म नै लक्ष्य पुरा भएको हो ।
मेलामा अटो पेभेलियनमा अपेक्षा गरिएभन्दा बढी कारोबार भएपछि ९ दिनमै २८ करोडको आर्थिक कारोबार पुगेको छ । संघका महासचिव यमलाल लोहनीका अनुसार २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिएकोमा तीन दिन अगावै लक्ष्य भन्दा ३ करोड बढी कारोबार भएको हो । अटो क्षेत्रमा मात्रै १५ करोड भन्दा बढीको कारोबार भएको उहाँले जानकारी दिनुभयो । ‘अटो क्षेत्रमा अपेक्षा गरिएभन्दा राम्रो कारोबार भयो, जसले गर्दा समग्र मेलाकै कारोबारलाई माथि उठायो’ –लोहनीले भन्नुभयो । मेलामा शनिबार साढे ३ करोड बराबरको कारोबार भएको छ ।
लुम्बिनी एक्स्पोको मुख्य प्रायोजक बनेको न्यू होल्याण्ड ट्याक्टरको अधिकृत बिक्रेता भुसाल ट्रयाक्टर सप्लायर्सले मात्रै डेढ दर्जन ट्रयाक्टर बिक्री गरेको छ । करिव २ करोडको आर्थिक कारोबार भएको कम्पनीका सञ्चालक बालकृष्ण भुसालले बताउनुभयो । त्यस्तै अटो पेभेलियनमा सहभागी बनेको फोर्ड कम्पनीले पनि करिव २ करोडका गाडी बिक्री गरेको छ । त्यस्तै आईसिएमएल सोनालिका कम्पनीले आधा दर्जन ट्याक्टर बिक्री गरी ७० लाख भन्दा बढीको कारोबार गरेको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय