कुखुरापालन व्यवसायीले हीनभावना राख्न नहुने

१५ पुष २०६९, आईतवार ०८:४५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १५ पुस । कृषि क्षेत्रको विकासका लागि कृषि उत्पादनको प्रवद्र्धन र यसको व्यवसायीकरण मुख्य चुनौतीको रुपमा रहेको व्यवसायीहरुले बताएका छन् । उत्पादनमा गुणस्तर नहुनु र भएका उत्पादनले समेत राम्रो बजार पाउन नसक्दा कृषि क्षेत्रको विकास हुन नसकेको उनीहरुको भनाई छ ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०१२, अन्तर्राष्ट्रिय व्यापार मेलाको अवसरमा शनिबार आयोजित व्यावसायिक कुखुरा पालन विषयक गोष्ठीमा सहभागी व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले कुखुरा पालन व्यवसायले पनि कृषि क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको दावी गर्दै यो व्यवसाय जोखिमपूर्ण हुँदाहुँदै पनि राज्यद्वारा संरक्षण पाउन नसकेको गुनासो गरे ।
कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतराज ज्ञवालीले व्यवसायीहरुका समस्याप्रति संघले सधैं आवाज उठाउँदै आएको र बजार बिस्तारका लागि समेत पुलको काम गरेको उल्लेख गर्दै व्यवसाय सफल बनाउन अत्मैदेखि लाग्न आग्रह गर्नुभयो । कुखुरापालन व्यवसायलाई हिनताबोधको दृष्टीले नहेर्न र आफूले गरेको व्यवसायमा गर्व गर्न सके व्यवसायीहरुले सफलता हासिल गर्न सक्ने बताउँदै उहाँले कृषिको बजारीकरण र व्यवसायीकरणका लागि मेलामा सहभागी बनाइएको कृषि पेभेलियनले ठूलो योगदान पु¥याएको बताउनुभयो ।
कार्यक्रममा कृषि व्यवस्थापन उपसमितिका संयोजक फर्सुराम पन्तले नेपाली कुखुरा गुणस्तर नहुँदा भारतीय कुखुराले नेपाली बजारलाई ओगटेको उल्लेख गर्दै विदेश जाने सोंच त्यागेर गुणस्तरीय उत्पादनमा ध्यान दिन सके कृषि क्षेत्रबाटै व्यवसायीहरुको हित हुने बताउनुभयो ।
त्रिवेणी फिड इन्डष्ट्रिज प्रा.लि.को सहयोगमा आयोजित गोष्ठीमा प्रा.लि. का तर्फबाट बोल्दै कृषि क्षेत्रका विज्ञ डा. नारायण न्यौपानेले उत्पादनहरु उच्च गुणस्तर र निर्धारित मापदण्डको दाना उत्पादन र वितरण गर्नका लागि यसको गुण नियन्त्रण र परीक्षण आफ्नै प्रयोगशालाबाट गराइएको जानकारी दिंदै आफूहरु किसानसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो । प्रा.लि.का तर्फबाट अर्का कृषि विज्ञ डा. विष्णु भण्डारीले कुखुरा पालनबाट अधिकतम आर्थिक लाभ लिन कृषकहरुलाई सुझाव दिंदै आफ्नो संस्थामा अनुभवी विशेषज्ञहरुबाट सेवा उपलब्ध गराइने भएकाले लाभ लिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार