भारतको जन्तर मन्तर दिल्लीमा विशाल प्रदर्शन गरिने

१५ पुष २०६९, आईतवार ०५:३३ मा प्रकाशित

बाबुराम थापा, दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा दिल्लीको जन्तर मन्तरमा विशाल प्रदर्शन गरिने भएको छ। आगामी ६ जनवरी २०१३ मा हुने उक्त प्रदर्शन कार्यक्रममा चार क्षेत्रीय समितिको सहभागिता रहने जानकारी हामीलाई समाजका अध्यक्ष दुर्गाबहादुर केसीले दिनुभएको हो ।

पश्चिमोत्तर क्षेत्रीय समिति, मध्य पश्चिमोत्तर क्षेत्रीय समिति, सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति र हिमाचल राज्य समितिका कार्यकर्ता साथै आम जनसमुदाय जुटने अध्यक्ष केसीले बताउनु भएको हो । समाजले व्यापक प्रचार प्रसारका लागि पर्चा, पमप्लेट तथा व्यापक जनभेटघाटलाई तिब्र पारेको छ । समाजद्वारा प्रकाशित गरिएको पर्चाको नेपालीमा उद्धरण जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

सन् २००८ मा नेपाली जनताद्वारा षान्ति, संविधान निर्माणका लागि २ वर्षको जनादेशका साथ संविधानसभाको निर्वाचन सम्पन्न गरिएको थियो । नेपालको राजनैतिक दलहरूको अदूरदर्षिता, अक्रमण्यताका कारण, संविधान निर्माण तथा गणतन्त्रको संस्थागत विकास हुन सकेन । राजनैतिक दलहरू खासगरि आफुलाई ठूलो दल भन्न रुचाउने, सत्ता लोलुप दलहरूका अराष्ट्रिय चरित्रकै कारण साम्राज्यवादी एवं विस्तारवादी प्रतिकृयावादी शक्तिको आडमा सत्ता सुख भोग्न र गुटगत स्वार्थका कारण जनताको जनादेशलाई नजरन्दाज गरि चार-चार वर्षसम्म सत्ता प्राप्तीको खेलमा तल्लीन रहनाले संविधानको ‘स’ पनि निमार्ण गर्न सकेनन्, अन्तत: यिनै स्वार्थी दलहरूको स्वार्थको भेटी चढ्न पुग्यो संविधानसभा ।

१. नेपालको संघीयता त्यस माथि पनि जातीय राज्यको आधारमा संघीय प्रणालीमा लैजाने निर्णयले राष्ट्र गृहयुद्ध एवं विखण्डनको दिशामा अग्रसर भइरहेको छ ।
२. नेपालको राज्य संरचना संघीयता, त्यसमा पनि जातीय राज्यको अवधारणाको कारण नै संविधानसभाको विघटन भयो र राष्ट्र विखण्डनको किनारमा आइपुग्यो । प्रजातान्त्रिक विकेन्द्रीयता तथा स्थानीय स्वायत्त शासन माथि आधारित एकात्मक शासन प्रणालीको नै नेपालको सन्दर्भमा उपयुक्त शासन प्रणाली हो ।
३. राष्ट्रिय सहमतीको सरकार तत्काल गठन गरी संविधानसभाको चुनाव यथाशिघ्र गर्न अनिवार्य छ।
४. प्रवासी नेपालीहरूले स्वदेषमा हुने महत्वपूर्ण निर्वाचनमा, उनीहरू जुन देषमा कार्यरत छन्, सोही स्थानमा मताधिकारको सुविधा तथा प्रवासी नेपालीहरू कार्यरत देषहरूबाट आफ्नो प्रतिनिधित्व गराउनका लागि ।
५. भारतस्थित नेपालीहरूसँग सरकारी तथा गैरसरकारी संस्थामा नौकरीमा राख्दा डोमषाइल प्रमाण पत्र माग गरिन्छ, जसको खारेजी गराउनका लागि ।
६. भारतमा रहने नेपालीहरूको राषन कार्ड बनाउनको लागि ।
७. नेपाल-भारत शान्ती तथा मैत्री सन्धि १९५० को धारा ७ को अनुसार भारतका सम्पूर्ण राज्यहरूमा निर्वाद आवागमनको सुगम सुविधा उपलब्ध गराउनको लागि ।
८. पूर्वोत्तर राज्यहरूमा नेपालीहरूको जानमालको सुरक्षाप्रति भारतका राज्य सरकारहरूलाई जिम्मेवारी वोध गराउनको लागि ।

उपरोक्त समस्याहरू समाधानका लागि नेपालमा भारतस्थित नेपालीहरूको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ऐक्यवद्धता प्रकट गर्दै वर्तमान सरकारसँग पुरजोर मांग गर्दछौं कि राष्ट्रिय सहमतीको सरकार गठन गरि राष्ट्रलाई निकास देओस, अन्यथा आम नेपाली देशभक्त जनतान्त्रिक शक्तिहरू एक जुट भई तेस्रो जनआन्दोलनको विकल्प छैन । यसै दिशामा अग्रसर हुनका लागि सम्पूर्ण देषभक्त जनतान्त्रिक एवं राजनैतिक दलहरूलाई आव्हान गर्दछौं ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार