डेरावाल समाजद्वारा सडक संघर्ष गर्ने चेतावनी

१४ पुष २०६९, शनिबार १९:२३ मा प्रकाशित

काठमाडौं, १४ पौष । देशका विभिन्न शहर बजारमा घर तथा कोठा भाडामा लिएर बस्दै आएका मानिसहरुको संगठन नेपाल डेरावाल समाजले सरकारसँग घर बहालसम्बन्धि स्पष्ट नीति निर्माणको माग गर्दै आन्दोलनको चेतावनी दिएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै  समाजले आप्mना मागहरु तत्काल सम्बोधन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको हो ।
विभिन्न उद्देश्यले घर बाहिर रहेका विद्यार्थी, विभिन्न पेशा व्यवसाय, सरकारी जागिर, आर्मी, पुलिसलगायत कामको सिलसिलामा घर छोडी डेरामा बस्दै आएका डेरावालहरुलाई घरवालाले घर भाडामा वस्ने मानिसहरुलाई तेस्रो दर्जाको नागरिकको व्यवहार गरेको गुनासो गर्दै  सरकारले घर बहाल सम्बन्धि स्पष्ट नीति तत्काल ल्याउन माग गरेका छन् ।
समाजले घरवाहाल मनपरी भाडा लिने, खानेपानी नदिने, भाडावालाहरुका आफन्त घर परिवारलाई बस्न नदिने दिनानुदिन गालि गलौज गर्ने जस्ता ब्यवहार गर्दै आएको आरोप लगाएको छ । समाजले घरमालीकहरुले छोटो समयमा अत्यधिक चर्कोरुपमा भाडा बढाउने गर्दै आएकोले घर वा कोठा भाडा सम्वन्धी स्पस्ट नीतिको खाचो रहेको औल्याएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रस्तावित घरबहाल सरोकार महास.घका अध्यक्ष हेमराज पौडेलले घरवालाहरुको विकृति र विसंगीको विरुद्धमा आन्दोलन नै गर्ने चेतावनी दिए । नेपाल डेरावाल समाज ललितपुरका अध्यक्ष विष्णुजंग बस्नेतले भने– तत्कालै सरकारले घर भाडा सम्बन्धि स्पष्ट नीति सार्वजनिक गरेन भने  कडा संघर्षमा उत्रने छौं । रुपन्देहीका अध्यक्ष शंकर कोईराला, झापाका अध्यक्ष गंगाप्रसाद ढकालले पनि घरवालाहरु ज्यादती विरुद्धमा सडक आन्दोलन नै गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार