कपिलबस्तुका ५७ वटा उद्योग कारबाहिमा

१४ पुष २०६९, शनिबार १९:१६ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १४ पुस । कपिलबस्तु जिल्लाका ५७ वटा उद्योग विद्युत क्षमता दुरुपयोग तथा चोरी गरी चुहावट अभियोगमा कारबाहीमा परेका छन् । स्वीकृत क्षमता भन्दा दोब्बर विद्युत प्रयोग गरेको, मिटर तथा केवलबाट चोरी गरेको अभियोगमा ति उद्योगहरु कारवाहीमा परेका नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले जनाएको छ ।
शाखाले चलाएको विद्युत चुहावट नियन्त्रण अभियान एक महिनामा ५७ वटा खाद्य उद्योगलाई कारवाही गरिएको हो । शाखा प्रमुख राजेन्द्रकुमार श्रीवास्तवका अनुसार समितिले छड्के चेकजाँच गर्दा विद्युत चुहावट गरेको फेला परेपछि उद्योगहरु कारवाहीमा परेका हुन । उनीहरुबाट शाखाले ६ लाख जरिवाना असुल गरेको छ भने आन्तरिक लोडसेडिङ समेत घटेको छ ।  विशेष गरि दोहनी, र्धमपनिया, विठुवा, पिपरा, रंगपुर, तौलिहवा, निग्लीहवाको पचेहरा, गजेहडा तथा सोमडिहमा रहेको उद्योगहरुलाई कारवाही गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा