बर्लुस्कोनीको महंगो पारपाचुके

१४ पुष २०६९, शनिबार १२:५३ मा प्रकाशित

एजेन्सी, १४ पुस । नाबालिक किशोरीसँग सेक्स सम्बन्ध राखेको अभियोगमा मुद्दा खेपिरहेका इटलीका पूर्वप्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीले आफ्नी पूर्वपत्नी भेरानिका लारियोलाई वार्षिक ४ करोड ८० लाख डलर प्रदान गर्नुपर्ने भएको छ । एजेन्सीहरुले जनाएअनुसार उनीहरुबीचको पारपाचुकेसम्बन्धी फाइल क्रिस्मसका दिन पाmइल गरिएको थियो भने पूर्वपत्नी र तीन बच्चाका साथ बर्लुस्कोनीले बस्दै आएको घरचाहिँ पूर्वराष्ट्रपतिसँगै रहने छ । सन् २००९ मा एक मोडलको १८ औँ जन्मदिनको पार्टीमा बर्लुस्कोनी सहभागी भएको भेटेपछि भेरानिकाले बर्लुस्कोनीको साथ छोडेकी थिइन् । गत मार्चमा फोब्र्स पत्रिकाले जनाएअनुसार बर्लुस्कोनीको कूल सम्पत्ति ६ अर्ब डलर रहेको छ ।
हाल ५६ वर्ष उमेर रहेकी भेरानिकालाई बर्लुस्कोनीले सन् १९८० मा एक थिएटरमा नाच प्रस्तुुत गर्दैगर्दा भेटेका थिए । त्यसको दश वर्षपछि उनीहरुबीच विवाह भएको थियो । पहिलो विवाहबाट बर्लुस्कोनीका दुई सन्तान छन् भने हालै २८ वर्षिया फ्रान्सेस्कासँग उनको सगाई भएको छ ।
विश्वयुद्धपछि इटलीको इतिहासमा सबभन्दा बढी समय राष्ट्रपति पदमा रहेका बर्लुस्कोनीले सेक्स स्क्याण्डलमा परेपछि २०११ म पदबाट राजीनामा दिएका थिए भने आगामी वर्ष हुने निर्वाचनमा फेरि राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा उनले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार