दलहरुबीच दूरी बढेबाट समस्या गहिरियो

१४ पुष २०६९, शनिबार १०:१७ मा प्रकाशित

काठमाडौं, १४ पुस । सहमतीय सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दलहरुलाई दिएको छैटौँपटकको समय–सीमा आज समाप्त हुँदैछ । यसअघिका समयावधिसमेत व्यर्थैमा बिताएका दलहरुले पछिल्लो अवधि पनि एउटा औपचारिक बैठकसम्म पनि नबसी खेर फालेका छन् । यसबाट दलहरुबीचको दूरी झनै लम्बिएको अनुभूति गरिएको छ । सत्तारुढ दलले सहमतिका लागि एजेण्डा बदलिरहँदा विपक्षी दलहरु सशंकित समेत बन्न थालेका छन् । दलीय असमझदारीका कारण सरकारले आगामी बैशाखका लागि घोषणा गरेको निर्वाचनसमेत बिथोलिने सम्भावना बढ्दै जाँदा विपक्षी दलले आन्दोलनको तयारी गर्ने बताएका छन् । सत्तारुढ दलले भने संविधानसभा पुनmसथापनाको मुद्दा फेरि पनि उठाउन थालेका छन् । दलहरुबीच नयाँ सरकार गठनमा सहमति हुन नसक्दा समग्र प्रक्रिया नै अवरुद्ध हुँदै गएको छ । यस्तोमा भारत भ्रमणबाट फर्केका राष्ट्रपतिमाथि राजनीतिक निकासको सवाल चर्को टाउको दुखाईको विषय बन्ने निश्चित मानिएको छ ।
यसैबीच, राष्ट्रपति रामवरण यादव ६ दिवसीय भारत भ्रमणबाट आज स्वदेश फर्कंदै छन् । गत सोमबार बनारस हिन्दु विश्वविद्यालयको मानार्थ उपाधि ग्रहणका लागि भारत गएका राष्ट्रपति यादव अपरान्ह पौने तीन बजे एयर इण्डियाको उडानबाट स्वदेश फर्कन लागेका हुन् । बनारस हिन्दु विश्वविद्यालयको उपाधि ग्रहणपछि मंगलबार साँझ नयाँदिल्ली पुगेका यादवले त्यहाँ उच्च तहको राजनीतिक भेटघाट गरेका थिए । राष्ट्रपति यादवले समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, गृहमन्त्री सलमान खुर्सीद, रक्षामन्त्री एके एन्टोनी, सत्तारुढ दलका नेता र विपक्षी दलका नेताहरुले पनि राष्ट्रपति यादवलाई भेटेका थिए । अधिकांशले भेटपछि भारतले राजनीतिक स्थायित्वका साथ लोकतान्त्रि मुलकका रुपमा नेपालको प्रगति हेर्न चाहेको साझा प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार