बहुलाहा कुकुरको आतंक बढेपछि बिद्यालय बन्द

१४ पुष २०६९, शनिबार १०:११ मा प्रकाशित

अर्घाखाँची, १४ पुस । अर्घाखाँची जिल्लाको मरेङ , अर्घातोष र भगवती गाविसमा रेविज लागेका कुकुरहरुको आतंक बढेको छ । स्थानीयवासीले अर्घातोष प्रहरी चौकीमा फोन गरेर गुहार्दा प्रहरी आफै त्रसित बनेर नआउने गरेका बताइएको छ । यस सम्वन्धमा सो चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक युवराज चन्दसंंग सम्पर्क राख्दा उनले भने– ‘कसरी जाने ? हाम्रो एक प्रहरी भाइलाई नै टोकेर थला पारेको छ कुकुरले । यहाँको एउटा कुकुर मारियो, मरेङतिर जाने अवस्था नै छैन, हाम्रा प्रहरी जवान दलबहादुर लम्साल रेविज लागेको कुुकुरको टोकाईबाट घाईते भएपछि हामी नै त्रसित छौँ ।’
उता मरेङ–८ का भिमलाल बन्जाडेलाई कुकुरले टोकेर घाइते बनाएको छ भने उनका दुईवटा भैंसी पनि कुकुरको टोकाईबाट विरामी परेका छन् । सोही वडामा पर्ने सुन्दरवस्तीका बालबालिका विद्यालय जान नसक्ने भएका छन् । बालबालिका विद्यालय जान नसक्ने भएपछि स्थानीय विद्यालय नै बन्द हुन पुगेको छ । दर्जनौंको संख्यामा रेविज लागेका कुकुरहरु बाटो र घर–घरमा डुल्दै टोक्न थालेपछि बालबालिका मात्र होइन पाका मान्छेसमेत घरबाट निस्कन नसक्ने अवस्थामा पुगेको स्थानियवासी अमृत पाण्डेले बताए । – चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार