आज राष्ट्रपति स्वदेश फर्कंदै

१४ पुष २०६९, शनिबार ०९:५९ मा प्रकाशित

काठमाडौं, १४ पुस । राष्ट्रपति रामवरण यादव ६ दिवसीय भारत भ्रमणबाट आज स्वदेश फर्कंदै छन् । गत सोमबार बनारस हिन्दु विश्वविद्यालयको मानार्थ उपाधि ग्रहणका लागि भारत गएका राष्ट्रपति यादव अपरान्ह पौने तीन बजे एयर इण्डियाको उडानबाट स्वदेश फर्कन लागेका हुन् ।
बनारस हिन्दु विश्वविद्यालयको उपाधि ग्रहणपछि मंगलबार साँझ नयाँदिल्ली पुगेका यादवले त्यहाँ उच्च तहको राजनीतिक भेटघाट गरेका थिए । राष्ट्रपति यादवले समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, गृहमन्त्री सलमान खुर्सीद, रक्षामन्त्री एके एन्टोनी, सत्तारुढ दलका नेता र विपक्षी दलका नेताहरुले पनि राष्ट्रपति यादवलाई भेटेका थिए । अधिकांशले भेटपछि भारतले राजनीतिक स्थायित्वका साथ लोकतान्त्रि मुलकका रुपमा नेपालको प्रगति हेर्न चाहेको साझा प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार