हजुरबुवादेखि नातिसम्म लागुऔषधको कारोवारमा

१४ पुष २०६९, शनिबार ०४:५३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १४ पुस । लागु पदार्थको कारोवारमा लाग्दा उनलाई आफ्नो पुरै परिवार बर्बाद हुन्छ भन्ने थाहा थिएन, न त उनले भविष्यमा थप कष्टप्रद यस्तो स्थिति आउने कल्पना नै गरेका थिए । मात्र हजार–दुईहजार कमाउने लोभमा लागु पदार्थ बेचबिखन र सेवनमा लागेर कपिलवस्तु नगरपािलका–२ कहारटोलका ५५ बर्षे गौरी कहारको पुरै परिवारको भविष्य अस्तव्यस्त र अन्धकार बन्न पुगेको छ ।
हजुरवुवा भइसकेका गौरीदेखि नातिसम्म यही कारोवारमा संलग्न भएको कारण अलिहे झ्यालखानमा छन् । उनीसहित नौजना लागु औषध ब्राउन सुगरको बेचबिखनमा लागेकोमा सात जना प्रहरी फन्दामा परेका छन् । एक छोरा पाडे कहार फरार रहेको प्रहरीले जनाएको छ । जसमध्ये सात जना कपिलवस्तु कारागारमा सजाय भुक्तान गरिरहेका छन् भने एकजना छोराको कारागारमै मृत्यु भएको थियो । पछिल्लोपटक १५ दिनअघि उनको कान्छो छोरा गल्ले सय पुरिया खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् ।
प्रहरी अनुसार गौरीसहित उनकी श्रीमति साबित्री भन्ने सोमवा, कान्छोछोरा गल्ले, दिदी उर्मिला भन्ने मन्जु, ज्वाईं श्रीराम, उनकी श्रीमति सन्जु भन्ने राधा, पाडेकी श्रमिति मंगिता प्रहरी हिरासतमा परेका थिए । ढेड बर्षअघि सोही मुद्दामा कपिलवस्तु कारागारमा दोस्रो पटक सजाय भुक्तान गरीरहेको अवस्थामा जेठो छोरा अजयको मृत्यु भएको थियो । १५÷२० बर्षअघि लागुऔषध ब्राउन सुगरेको कारोवारमा लागेका गौरी त्यसमा बढी फाईदा भए पछि कारोवारलाई झनै बढाउँदै गए । सो कारोवारमा उनले आफनी श्रीमतिलाई समेत सहभागी गराए । सुरुमा पाँच–दश पुरियाको कारोवार गर्ने गौरीले धेरै फाईदा हुन थालेपछि कारोवार र ग्राहक बढाउँदै गएको प्रहरीको बिवरणमा उल्लेख छ । पहिला खासै चासो नदिएको प्रहरीले गौरी र उनकी श्रीमतिमाथि निगरानी बढाएपछि शूरुमा उनकी श्रीमति सोनवा २०६५ साल साउन १७ गते पक्राउ परेकी थिइन् । श्रमिति परेपछि गौरी फरार भएका थिए र उनी पोलुवामा परेका थिए । गौरी २०६६ सालमा पक्राउ परेका थिए । पक्राउ परेका उनीहरु पटक–पटक रिहा भएपछि फेरि त्यही कारोवारमा लागेका थिए । उनीहरु दुईदेखि तीन पटक पक्राउ पर्ने र छुटेको प्रहरी बिवरणमा उल्लेख छ ।
गौरी र उनका परिवारले खैरो हेरोईन भारतको खुनुवा, शोहोरतगढ, बारबंकी लगायतका स्थानबाट खरिद गरेर बेच्ने गरेका थिए । बेच्नका लागि उनीहरुले अनेक उपाय वा हत्कण्डा अपनाएको प्रहरी नायब निरीक्षक यज्ञबहादुर कुमाल बताउाछन् । यही कारोवारमा लागेर काहार टोलमा रहेको आफ्नो घर र घडेरी समेत छिमेकीलाई निकै सस्तोमा बेचेका थिए । त्यसपछि उनले कपिलवस्तु नगरपािलका–२ रत्नराज्य माबिपछाडि सानो घर बनाएका थिए । जहाँबाट उनका परिवारले फेरी यही कारोवार गर्दै आएको थियो । उनको पुरै परिवार कारागरमा गएपछि कुनैबेला हाँस्ने–खेल्ने परिवारको घर अहिले मान्छेबिहीन सुनसान र उजाड बनेको छ ।
कारागारमा रहेका गौरी अहिले पछुताइरहेका कारागार प्रशासनले जनाएको छ । बिडम्बना π संगै रहे पनि उनको पुरै परिवारको भविष्य चौपट बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल