ढुवानी भाडादर वैज्ञानिक बनाउन माग

१४ पुष २०६९, शनिबार ०४:५० मा प्रकाशित

रुपन्देही, १४ पुस । ट्रक व्यावसायीहरुले मालसामान ढुवानीका लागि वैज्ञानिक भाडादर निर्धारण गर्न सरकारसंग माग गरेका छन् । डिजेलको मुल्य प्रतिलिटर ९१ रुपैयाँ हुँदा निर्धारण गरिएको भाडादरमा डिजेलको मुल्य ९९ रुपैयाँ पुग्दासम्म पुरानै भाडामा ढुवानी गर्नुपर्दा ट्रक व्यावसायीहरु मर्कामा परेको भन्दै उनीहरुले वैज्ञानिक आधारमा नयाँ भाडादर  निर्धारण गर्न माग गरेका हुन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष गणेश पन्तले सरकारसँग २०६८ साल भदौ १ गते भएको सम्झौताअनुसार ढुवानी भाडा लिँदा आफुहरुलाई सिण्डिकेट लादेको आरोप लगाउने गरिएको गुनासो गरे । ‘सरकार आफैले निर्धारण गरेको भाडा लिँदा कसरी सिण्डिकेट हुन्छ ?’ अध्यक्ष पन्तले प्रश्न गर्दै भने– ‘सरकारसँग भएको सम्झौता पालना गर्नुलाई सिण्डिकेट मान्ने हो भने त सरकारले नै सिण्डिकेट लगाएको भन्नुप¥यो नि ।’  आफुहरुले सिण्डिकेट नभै ट्रक संचालनलाई व्यवस्थित र मर्यादित बनाउन मात्र खाजेको उनले दावी गरे । उनले सरकारको अदुरदर्शी नीति र केही गाडी माफियाका कारण नेपालमा आवश्यकता भन्दा बढी संख्यामा ट्रक र सवारी साधन आयात भएकोले त्यसलाई व्यवस्थित ढंगले चलाउन आफुहरुले आलोपालो प्रणाली लागु गरेको बताए ।
यसैगरी ट्रक–ट्याङकर परिवहन व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले सरकारले भनेजस्तो आलोपालो नगरी एकैदिन भएभरका (५० हजार)  ट्रक सडकमा छाड्ने हो भने त्यस्तो प्रणालीले सडक अराजकता र दुर्घटना मात्र निम्ताउने धारणा राखे । अध्यक्ष रानाभाटका अनुसार हाल नेपालमा करिब ५० हजारको संख्यामा ट्रकहरु संचालनमा रहेका छन् ।  ‘ट्रकलाई व्यवस्थितरुपमा सञ्चालनका लागि ठोस कार्यनीति ल्याउन माग गर्दा नल्याउने अनि व्यवसायीले व्यवस्थित गरेर चलाउदा सिण्डिकेटको आरोप लगाउनु राज्यको कमजोरी र नालायकीपन मात्र हो’– रानाभाटले जिकीर गरे । सडकको क्षमता र ढुवानी बजारको मागको अध्ययनविना हचुवाको भरमा जथाभावी  भारतीय गाडीको आयातले नेपालको ब्यापार घाटा बढाएको र व्यवसायीहरु काम नपाएर गाडी थन्काउनु पर्ने अवस्थामा पुगेको तर्क गर्दै रानाभाटले कम्तीमा ५ वर्ष गाडी आयात रोक्न र भारतीय गाडीलाई नेपालमा ७२ घण्टा गुड्न दिने प्रावधान तत्काल पुनर्विचार गर्न माग गरे । भारतीय गाडीलाई ७२ घण्टा ढुवानी गर्न दिँदा नेपाली ट्रकले काम नपाएर थन्किनुपरेको र व्यावसाय धराशायी हुने अवस्थामा पुगेको व्यावसायीहरुको गुनासो छ ।  व्यावसायीहरुका अनुसार देशभरका ट्रक तथा ट्याङकरमा गरी अरबौं रुपैयाँ स्वदेशी लगानी भएको छ भने  करिब एक लाख जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार