सामूहिक बलात्कारको शिकार युवतीको मृत्यु

१४ पुष २०६९, शनिबार ०४:३३ मा प्रकाशित

काठमाडौं, १४ पुस । नयाँदिल्लीमा यात्रु बसभित्रै बलात्कारको शिकार भएकी  युवतीको सिंगापुरमा निधन भएको छ । गम्भीर अवस्थामा गत बिहिबार सिंगापुरको माउण्ट एलिजाबेथ अस्पताल भर्ना गरिएकी उनको शनिबार बिहान निधन भएको हो ।
गत पुस १ गते राती एक पुरुष मित्रका साथ घर फर्कंदै गर्दा यात्रुबसमा २३ वर्षिया ती युवतीलाई सामूहिक बलात्कार गरिएको थियो । सो क्रममा बलात्कारीहरुले युवतीका पुरुष मित्रलाई चलिरहेकै बसबाट बाहिर धकेलिदिएका थिए ।
घटनामा संलग्न रहेको आशंकामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो घटनापछि भारतमा तिब्र रुपमा बिरोध प्रदर्शन हुँदैआएको छ । प्रदर्शनकारीले दोषीलाई  मृत्युदण्ड दिनुपर्ने माग गर्दैआएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार