नेपाली सेनालाई हतियार दिन भारत तयार

१३ पुष २०६९, शुक्रबार २१:११ मा प्रकाशित

काठमाडौं, १३ पुस । भारतीय रक्षामन्त्री एके एण्टोनीले नेपाली सेनालाई हतियार दिन भारत तयार रहेको बताएका छन् । भारतको पाँच दिने भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल सरकारले नेपाली सेनाका लागि आवश्यक हतियार र भौतिक सामग्री माग गरे भारत दिन तयार रहेको बताएका नयाँदिल्ली सुत्रले जानकारी दिएको छ ।
तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि भारतले नेपाली सेनालाई नियमित दिँदै आएको हतियार अनुदान रोकेको थियो । उनले सोही रोकिएको सहयोगको श्रृंखलालाई निरन्तरता दिन तयार रहेको बताएका हुन् । भारत सधैं नेपाली सेनाको आधुनिकीकरणको लागि तयार रहेको भन्दै त्यसको लागि सरकारले नै माग गर्नुपर्ने उनको भनाई थियो ।
प्रधानसेनापति गौरब समशेर राणाको भारत भ्रमण नियमित प्रक्रियाअन्र्तगत हुन लागेको भन्दै उनलाई स्वागत गर्न आफूहरु तयार रहेको समेत एन्टोनीले स्पष्ट पारे । स्मरण रहोस्, केही दिनपछि नै प्रधानसेनापति भारत भ्रमणमा जाँदैछन् । नेपाली सेनाको प्रधानसेनापति भएपछि भारतले पनि मानार्थ प्रधानसेनापतिको र भारतमा नयाँ प्रधानसेनापति भए पछि नेपालले पनि मानार्थ पदवी दिने प्रचलन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार