नेपालको हितमा भारतसँग संवाद थाल्न प्रवासी नेपाली संघको पाँचबुँदे सुझाव

१३ पुष २०६९, शुक्रबार २१:०४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १३ पुस । प्रवासी नेपाली संघ भारतले राष्ट्रपतिको भारत भ्रमणको क्रममा नेपालको हितमा हुने गरी विभिन्न विषयमा द्विपक्षीय संवाद थाल्न आग्रह गरेको छ । यातायात, सञ्चार, कागजात प्रमाणीकरण, मुद्रा एवं सीमा सुरक्षा, रेमिट्यान्स जस्ता विषयमा भारतीय सरकारी अधिकारीहरुसँग संवाद गरी सक्रिय पहलकदमी गर्न प्रवासी नेपाली संघले आग्रह गरेको हो ।
संघले राष्ट्रपतिको कार्यालय, विभिन्न राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएपछि जारी गरेको विज्ञप्तिमा भारतका केही स्थानबाट नेपालका बोर्डरहरुसम्म रेल्वे सुविधा बिस्तारको लागि अनुरोध गर्न आग्रह गर्दै त्यसो हुन सके नेपालको पर्यटनमा समेत उल्लेख्य योगदान पुग्ने उल्लेख छ ।
त्यस्तै भारतबाट नेपालमा ट्रङ्कल गर्दा लाग्ने अन्तर्राष्ट्रिय दस्तुर नेपालको तुलनामा अत्यन्तै महंगो भएकाले महशुल घटाउनेतर्फ पहल गर्न पनि संघले राष्ट्रपतिलाई आग्रह गरेको छ । त्यसैगरी भारतमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले नेपाल भित्रिइसकेपछि भारतीय राजदुताबासबाट कागजातहरु प्रमाणित गराउनुपर्ने व्यवस्था राम्रो रहे पनि यसबापत लाग्ने शुल्क महंगो रहेकाले शुल्क घटाउनुपर्ने संघको माग छ ।
त्यस्तै, भारतीय पक्षले ५ सय र १ हजार दरका भारु नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा अनियमित कारोबार र कालोबजारी हुने गरेकाले नेपाली बजारमा भारतीय रुपैयाँको अभाव सिर्जना हुने गरेको भन्दै विज्ञप्तिमा तर नोटमा लगाइएको प्रतिवन्ध र अवैध भारुको कारोबारका कारण प्रवासी नेपालीहरु मारमा परेको उल्लेख गरिएको छ । भारतीय रुपैयाँमा हुने चलखेल र समस्यालाई संबोधन हुनेगरी आवश्यक पहल थाल्न पनि संघले आग्रह गरेको छ । विज्ञप्तीमा भारतमा नेपालीहरु सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी गरी चार प्रकारका श्रम क्षेत्रहरुमा संलग्न रहेको तर पल्टन भर्तीका जवानले घरपायक जिल्लाबाट रकम बुझ्ने गरेपनि संगठीत वा असंगठीत प्रकृतिका श्रमिकको हकमा यो सुविधा नभएकाले यसतर्फ ध्यान दिन पनि आग्रह गरिएको छ । उनीहरुको सेवानिवृत्तपछि पेन्सनबापत पाउने रकम तथा कार्यास्थलमा हुने दुर्घटनाको अवस्थापछि पेन्सनबापत उत्तराधिकारीले मुआब्जास्वरुप पाउने रकम बैंक सुविधा अभावका कारण अलपत्र रहेको उल्लेृख गर्दै विज्ञप्तीमा यसको खोजी गर्न माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार