ठगलाई समाउन खोज्दा कुटाइ खाए प्रहरीले

१३ पुष २०६९, शुक्रबार १७:२२ मा प्रकाशित

सप्तरी, १३ पुस । सप्तरीको लोहजारा गाविसमा एक ठगलाई पक्रमण खोज्दा प्रहरीले गाउँलेको कुटाइ खाएका छन् । गाउँलेको कुटाइमा नेपाल प्रहरीका एक नायव निरीक्षक (असई) सहित पाँच जना प्रहरी घाइते भएका छन् ।
रकम लिएर तन्त्रमन्त्रको विधिबाट उपचार गर्ने नाउँमा ठगी गरेको भन्दै स्थानीयवासीले दिएको उजुरीका आधारमा उपचार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएपछि सर्वसाधारण र प्रहरीबीच झडप भएको थियो । झडपमा एक दर्जन सर्वसाधारण पनि घाइते भएका छन् ।
लोहजारा गाविस–८ निवासी सबुजन खातुन र समसुल मियाँले तन्त्रमन्त्रबाट विभिन्न रोग ठीक गरिदिने भन्दै रकम लिएर ठगी गरेको भन्दै स्थानीय एक दर्जन व्यक्तिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको उजुरीका आधारमा दुवैलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खातुन र मियाँ पक्राउ परेपछि रोग ठीक गराउन विभिन्न ठाउँबाट जम्मा भएका सयौं व्यक्तिले होहल्ला गर्दै खातुनको घर अगाडि तोडफोड गर्न थालेपछि दुई पक्षबीच झडप भएको हो ।
राससका अनुसार आक्रामक भएको भीडलाई नियन्त्रणममा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका थिए । प्रदर्शनकारीको ढुङ्गा लागेर असई महिषकुमार यादव, प्रहरी जवानहरू दीपक खत्री, चन्द्रकुमार राई, अशोक यादव र रमेश महतो घाइते भएका छन् ।
प्रदर्शनकारीतर्फ घाइते भएकाहरूको नाम खुल्न नसकेको र उनीहरू धनुषा, सर्लाही, रौतहट, सिरहालगायत विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

आजको प्रमुख समाचार