जहाज खरिदमा भएको अवरोध हटाउन पधानमन्त्रीको निर्देशन

१३ चैत्र २०६८, सोमबार १५:५५ मा प्रकाशित

काठमाण्डौ, १३ चैत्र । नेपाल वायुसेवा निगमको लागि हवाई जहाज खरिद गर्ने सम्वन्धि सरोकारवाला पक्षहरु विच सोमबार प्रधानमन्त्री कार्यालयमा आनौपचारिक छलफल भएको छ ।
छलफलको क्रममा प्रधानमन्त्री डा. बावुराम भट्राईले छिटो भन्दा छिटो जहाज खरिद गर्न खरिदको लागि भइरहेको अलमललाई हटाई प्रक्रियालाई मुर्त रुप दिन सम्वद्ध सवैलाई निर्देशन दिनुभएको छ । अन्तराष्ट्रिय उडान भर्ने जहाज किन्नको लागि  सवै प्रकारका वाधा अड्चन हटाउने तर्फ सरकार लाग्ने उहाँबताउनुभयो । जहाज खरिदको लागि समस्याका गाँठा फुकाएर अगाडी बढ््नुपर्ने उहाँको धरणा थियो । जहाज खरिदको विषयमा सर्वोच्चमा लामो समयदेखि थाति रहेकोे मुद्धा छिटो किनारा लगाईदिन सर्वोच्च अदालतलाई अनुरोध गर्ने बारे पनि  बैठकमा छलफफल भएको थियो  । प्रधानमन्त्रीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सँग राम्रा जहाज नहुँदा नेपालको पर्यटन क्षेत्रमा गम्भीर नकारात्मक असर परेको बताउँदै यसले गर्दा राज्यले आर्थिक क्षति व्यहोर्नु परिराखेको औंल्याउनुभयो । उहाँले विवाद सृजना गर्ने तर नटुंग्याउने प्रवृति गलत भएको पनि बताउनुभयो ।  लामो समय देखि जहाज खरिद गर्ने विषयमा छलफल हुने निर्णण हुने तर कार्यान्वयन नहुने कारण उक्त कार्य अधुरै रहेको छ ।
सरकारले ०६५।०६६ को बजेट भाषणमा २ वटा ठुला जहाज किन्ने घोषणा गरेको थियो । पछि विभिन्न कारणवस त्यो प्रक्रिया अवरुद्ध भयो । सार्वजनीक लेखा समितिले पनि विमान खरिदको लागि नयाँ प्रक्रिया सुरु गनुपर्ने निर्देशन दिएको लामो समय भैसकेको छ । विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी विशेष अदालतमा दायर गरेको मुद्धा विशेष अदालतले खारेज गरेता पनि आयोगले पुन सार्वोच्चमा पुनरावेदन गरेको छ र त्यसको टुंगो लागेको छैन ।
बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र, विष्ट, भौतिक योजना तथा पुननिर्माण मन्त्री ह्दयेश त्रिपाठी, एनेकपा माओवादीका सभासद नारायण दाहल, नेकपा एमालेका सभासद रविन्द्र अधिकारी, मुख्य सचिव माधव घिमिरे , पर्यटन मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको