‘संविधानसभा पुनःस्थापना हुनसक्दैन’

१३ पुष २०६९, शुक्रबार १६:२५ मा प्रकाशित

काठमाडौं, १३ पुस । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा पुनःस्थापना हुन नसक्ने बतएका छन् । उनले आज राजधानीमा तराई–मधेस लोकतान्त्रिक पार्टीको पाँचौ वार्षिकोत्सवको अवसरमा बोल्दै भने, ‘यो डेट एक्स्पायर औषधीजस्तै भएको छ र त्यसलै यसलाई पुनःस्थापना गर्न सकिदैन ।’
निर्वाचन नगर्ने नियतले पुनःस्थापनाको माग अघि सारिएको नेता नेपालको भनाई थियो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिएसम्म सहमति हुन नसक्ने नेपालको भनाइ थियो । ‘प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको ढोका खोल्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीकै कारण सवै प्रक्रिया अबरुद्ध भएको छ ।’
तमलोपा अध्यक्ष महन्थ ठाकुरले अन्तर्राष्ट्रिय परम्पराअनुसार संसदबाट निर्वाचित सरकारले नै चुनाव गर्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारलाई नमाने गठबन्धनभित्रैबाट अथवा तेस्रो विकल्पको रुपमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।
ठाकुरले पार्टी स्थापना भएको पाँच वर्षको अवधीमा तराई मधेसका धेरै मुद्दा स्थापित हुने क्रममा रहनु सुखद भए पनि संविधानसभाबाटै संविधान नलेखिनु भने विडम्बनापूर्ण रहेको उल्लेख गरे । तमलोपाको पाँचौ वार्षिकोत्सवमा प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द उपस्थित थिए । यसैगरी विभिन्न दलका नेता, सरकारी कर्मचारी, कुटनीतिज्ञ, पार्टी कार्यकर्तालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

आजको प्रमुख समाचार