जुत्ता मेला सबैको आकर्षक केन्द्र बन्दै

१३ पुष २०६९, शुक्रबार १६:१५ मा प्रकाशित

काठमाडौं, १३  पुस । छाला जुत्ता तथा वस्तु उत्पादक संघले आयोजना गरेको नवौँ औद्योगिक प्रदर्शनी एवं जुत्ता मेलामा सबैको आकर्षकको केन्द्र बनेको छ । त्यहा राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारीको उत्साहजनक उपस्थिति देखिएको छ । स्वदेशी उत्पादित वस्तु प्रवद्र्धनलाई टेवा पुर्‍याउने उद्देश्यले दलका नेता तथा सरकारी कर्मचारीले मेलामा अवलोकन गर्नुका साथै जुत्ता खरिदसमेत गर्न थालेका छन् ।
राजधानीमा सञ्चालन भइरहेको मेलाका नेकपा एमालेका नेताहरू मधवकुमार नेपाल, केपी शर्मा वली, नेपाली कांग्रेसका नेता गगन थापालगायत नेता मेलामा उपस्थित भई आवश्यक जुत्ता खरिदसमेत गरे ।
‘यसअघि मैले भोटेबहालबाट विदेशी कम्पनीबाट निर्मित जुत्ता किन्ने गरेको थिएँ,’ मेलामा भेटिएका एमाले नेता नेपालले भने, ‘अब स्वदेशी उत्पादित जुत्ता नै किन्नुपर्ला ।’ सबैले स्वदेशी उत्पादित जुत्ता खरिद गरेमा स्वदेशी उद्योग फस्टाउन सक्ने उहाँको भनाइ थियो ।
त्यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले कर्मचारीलाई पोसाकसँगै स्वदेशी जुत्ता पनि अनिवार्य गर्न आफ्नोतर्फबाट पहल गर्ने बताए । त्यस्तै बुधबार मेलाको अवलोकन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा। युवराज खतिवडाले स्वदेशी उत्पादनलाई प्रवद्र्वन गर्न नीतिगत सुधार गर्न सहयोग गर्ने बताए ।
छाला जुत्ता तथा वस्तु उत्पादक संघका पूर्वअध्यक्ष रामकृष्ण प्रसाईंले नेता तथा उच्च तहका सरकारी कर्मचारीको मेला अवलोकन र आश्वासनले आफूहरूलाई हौसला मिलेको बताए । स्वदेशी छाला जुत्ता प्रवद्र्वनका लागि राज्यले कच्चा पदार्थ ल्याउँदा भन्सारमा सहुलियत दिन आवश्यक बताए । अहिले १०र१० प्रतिशत भन्सार शुल्क तिर्नुपरेको छ,’ उनले भने, ‘स्वदेशी उत्पादन प्रवद्र्धन गर्न ४र५ प्रतिशत मात्र भन्सार मूल्य निर्धारण हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार