‘सत्ता लम्ब्याउने खेलमा एमाओवादी’

१३ पुष २०६९, शुक्रबार १५:५४ मा प्रकाशित

विराटनगर, १३ पुस । एमालेका अध्यक्ष झलनाथ खनालले अध्यक्ष खनालले एमाओवादी र मधेसी मोर्चा दुबै सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले सत्ता लम्बाउन एमाओवादी र मधेसी मोर्चा आगामी वैशाखमा निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे । ‘राजनीतिक सहमति नहुने हो भने अब आन्दोलन गर्नुको विकल्प छैन,’ उनले भने, ‘राष्ट्रपति भारतबाट फर्किएलगत्तै सहमतिको प्रयास थालिने छ ।’ सहमति नभए आन्दोलन चर्काउने उनले बताए ।
खनालले एमाओवादीले सत्ता लम्ब्याउन राजनीतिक सहमति बिथोलिरहेको आरोप समेत लगाए । उनले भने, ‘तानाशाही सत्ता लाद्नका लागि विभिन्न जालझेलमा एमाओवादी लागिरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार