सुर्खेतमा बस दुर्घटनाहुँदा १३ यात्रुको मृत्यु

१३ पुष २०६९, शुक्रबार १५:४६ मा प्रकाशित

सुर्खेत, १३ पुस । सुर्खेत जिल्लामा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा १९ यात्रु घाईते भएका छन् ।
सुर्खेतको गुमीबाट वीरेनद्रनगर तर्फ जाँदै गरेको ना २ ख ५७४१ नम्बरको बस दशरथपुर–६, गमखोला नजीकै बिहान दुर्घटनमा भएको हो । बस सडकबाट करिव पचास मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा दैलेखका तुकराम विक, चितवनका रामबहादुर रानाभाट, सुर्खेतका चन्द्रकला राउत, दीपा ढकाल, ममता खड्का, गजेन्द्र गुरुङ, कुमार पौडेल, मानबहादुर गाहा, केशर शिरिष, प्रज्वल श्रीस, यमन मिदुन, गान्धी सुनार, अर्जुन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरुको सुर्खेतमा उपचार भईरहेको छ । दुर्घटनामा परेकाहरुको उद्धार सुरक्षाकर्मी र स्थानीयले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल

काठमाडौं।नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार