कोइराल प्रधानमन्त्री नबन्ने सत्तारुढ दलको निष्कर्ष

१३ पुष २०६९, शुक्रबार १५:४४ मा प्रकाशित

काठमाडौं, १२ पुस । सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री नबन्ने निष्कर्ष निकालेको छ ।
प्याकेजमा सहमति गर्न आफूहरुले राखेको प्रस्तावमा विपक्षी दल सहमत नभएको भन्दै सहमतिको प्रधानमन्त्रीमा कोइरालाको संभावना सकिएको निष्कर्षमा गठबन्धन पुगेको हो । गठबन्धनका एक नेताले भने, ‘हाम्रो प्रस्तावमा सहमति हुँदैन त्यसैले कोइरालाको नेतृत्वमा पनि सरकार बन्दैन ।’
सहमतिका लागि गठबन्धनले पुष २५ गतेसम्मको समय सीमा तोक्दै २५ गतेसम्म सहमति नभए संविधानसभा पूनस्थापनाको प्रस्ताव अघि सार्ने निर्णय गरेको छ । २५ गतेसम्म सहमती नभए संविधानसभाको चुनाव हुन नसक्ने निष्कर्षका साथ गठबन्धनले त्यसपछि संविधानसभा पूनस्थापनाको मुद्दा लिएर संघर्षमा जाने निर्णय गरेको गठबन्धनका नेता जितेन्द्रदेवले जानकारी दिए ।
बैशाखमा चुनाव हुन नसके सरकार बनाउने अरु बाटो नभएको भन्दै संविधानसभा पूनस्थापनाको मुद्दालाई जोडतोडले उठाउने उनको भनाई थियो । प्याकेजमा सहमति भए विपक्षी दल वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउन सकिने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति