अरुको लहीलहीमा लागेर पद त्याग्दिनः प्रधानमन्त्री

१३ पुष २०६९, शुक्रबार १५:४० मा प्रकाशित

कास्की, १३ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पद नछाड्ने स्पष्ट पारेका छन् । उनले भने, ‘म कसैले छोड भन्दैमा पद छोड्न र नछोड भन्दैमा नछोड्ने व्यक्ति होइन तर, दलहरुबीच सहमति हुन सक्यो भने त्यसबेला सोच्न सकिन्छ ।’
कास्कीको  सिल्दुजरे गाविसमा आज २५ मेगावाटको उपल्लो मादी विद्युत आयोजनाको शिल्यानास कार्यक्रममा बोल्दै उनले आफू सहमतिको बाधक नभएको दावी समेत गरे । ‘दलहरुबीच पदको लडाइँ चलिरहेको छ, त्यो बाहेक कुनै सहमति भएको छैन,’ उनले थपे, ‘अहिले सम्म सहमति नै भएको छैन, अनी महिले हुँदै नभएको सहमति कसरी भाँडे ?’
नाङलो ठटाएर हाती नतर्सिने भन्दै उनले नाङलो नठटाउने काम नगर्न दलहरुलाई आग्रह गरे । उनले शान्ति, संविधान, सहमति र समृद्धिको मिसनमा आफू प्रतिवद्ध रहेको दावी समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति