जनताको निक्षेपमा मस्ती गर्नेहरूलाइ कस्ने तयारी

१३ पुष २०६९, शुक्रबार ०७:२७ मा प्रकाशित

काठमाडौं, १३ पुस । एकै व्यक्तिले अनेक क्षेत्रमा लगानी गर्दा जनताको पैसा जोखिममा पर्ने गरेको तथा बैंक, इन्स्योरेन्सहरू जनताको भन्दा पनि व्यापारीको स्वार्थमा प्रेरित हुने भएको भन्दै सरकारले अबदेखि एकै व्यक्तिले बैंक, उद्योग तथा इन्स्योरेन्समा लगानी गर्न नपाउने नीति बनाउन लागेको छ । अर्थ मन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकले यस्तो नियम बनाउन लागेको हो । अर्थ मन्त्रालयमा एकै व्यक्तिले सबै क्षेत्रमा थोरै–थोरै लगानी गर्ने र कृत्रिम क्षति देखाएर व्यापारीले बैंक तथा इन्स्योरेन्सबाट रकम लैजाने गरेकाले कारबाहीको माग गर्दै उजुरी पर्न थालेपछि सरकारले यसमा कडाइ गर्ने गरी कानुन बनाउन लागेको हो ।
नेपालको कमजोर कानुनको फाइदा लिँदै लामो समयदेखि एउटै व्यक्ति बैंक मालिक, उद्योग व्यवसायको हाकिम वा लगानीकर्ता र बिमा कम्पनीका सञ्चालक बन्दै आएका छन् । उद्योगी घरानाका रूपमा चिनिएका तर सरकारले आर्थिक अपराधअन्तर्गतको कालोसूचीमा राखेका व्यक्तिहरूले समेत यी सबै क्षेत्रमा लगानी गरेका छन् । यस्ता व्यापारीले आफ्नो व्यवसायमा कृत्रिम क्षति देखाएर बिमा कम्पनी तथा बैंकबाट मोटो रकम असुलिरहेको पाइन्छ ।
अर्थ मन्त्रालयका सहसचिव राजन खनालले एकै व्यक्तिले धेरैतिर लगानी गरेको र यसलाई नियन्त्रण गर्नुपर्ने कुरा उठेकाले यसलाई नियन्त्रण गर्न लागिएको जानकारी दिए । उनले भने, ‘यसलाई नियन्त्रण गर्नका लागि नेपाल राष्ट्र बैंकले आवश्यक कानुन बनाएर मन्त्रालयमा पेस गर्दै छ ।’ ‘एकै व्यक्तिले बैंक, इन्स्योरेन्स तथा उद्योगमा लगानी गर्दा सबैतिर प्रभावमा पारेर आफ्नो स्वार्थ पूरा गर्न सजिलो हुने भएकाले धेरैले सबैतिर लगानी गरेको देखिन्छ,’ उनले भने, ‘अहिले त्यस्तै देखिएको छ, सर्वसाधारणको रकममा सीमित व्यापारीले फाइदा उठाइरहेको देखिन्छ । त्यसैले सरकार यसलाई नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारीमा छ, केही दिनमै कानुन बनेर आउँछ ।’
यसैगरी नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली पनि नेपालमा एकै व्यक्तिले धेरै क्षेत्रमा लगानी गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न कानुन बनाउने तयारी भएको जानकारी दिए । उनले भने, ‘यसबारेमा थप जानकारी गराउन मिल्दैन, यो प्रक्रियामै छ । बैंक, इन्स्योरेन्समा लगानी गर्नु नेपालका उद्योगीहरूका लागि पहिलो ध्येय बन्ने गरेकाले एउटै ग्रुपले धेरैतिर होल्ड गरिरहेको देखिन्छ ।’ ज्ञवालीले थपे, ‘साना–ठूला सबै व्यापारीले बैंक तथा इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन् ।’ ‘एकै व्यक्तिले धेरैतिर लगानी गर्न पाउने–नपाउने भन्ने कुनै नीतिनियम नभएकोले अहिले समस्या देखिएको छ,’ उनले थपे, ‘कानुन बनेपछि यसमा नियन्त्रण आउँछ ।’
राष्ट्र बैंकका अनुसार एकै व्यक्तिले धेरैतिर लगानी गर्नेहरूको सूचीमा ठगी धन्दाका सबभन्दा ठूला खलनायक राजेन्द्र खेतान रहेका छन् । उनले खेतान समूहको नाममा जनताको पैसामा मस्ती गरिरहेका छन् । खेतान कर छलीमा पनि अगाडि नै रहेका छन् । खेतानले लक्ष्मी बैंक, बैंक अफ काठमाडौं, प्राइम लाइफ, एभेरेस्ट इन्स्योरेन्स, विभिन्न उद्योगलगायतका क्षेत्रमा लगानी गरेका छन् । यसैगरी त्रिवेणी ग्रुप, अग्रवाल समूह, मारवाडी समूह, एनबी ग्रुप, चौधरी ग्रुप, दुगड, केडिया, ज्योतिलगायतका व्यापारी घरना रहेका छन् । यी ग्रुपमा आबद्ध सबै व्यापारीले बैंक तथा इन्स्योरेन्समा लगानी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार