समायोजन र आम माफीमा अमेरिकी चासो

१३ चैत्र २०६८, सोमबार १२:१५ मा प्रकाशित

काठमाडौं, १३ चैत । नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एशीयाका लागि अमेरिकी उपसहायक विदेश मन्त्री डा.अलिसा आयर्सले सेना समायोजन र आम माफी दिने विषयमा गंभिर चासो राखेकी छिन । आज  शान्ति तथा पुनर्निमाण मन्त्री सत्य पहाडीसँगको भेटमा उनले त्यस्तो चासो राखेकी हुन ।
सिंहदरबारस्थित शान्ति तथा पुननिर्माण मन्त्रालयमा आज भएको भेटमा उपसहायक विदेश मन्त्री डा. आयर्सले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा चासो राख्नुभएको थियो । उहाँले सेना समायोजन प्रक्रिया कहिलेबाट शुरु हुने तथा स्वेच्छीक अवकासमा गएका लडाकुहरुको अवस्थाका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो । त्यसैगरी अपराधीहरुलाई आममाफि दिइनेबारे पनि भेटमा जानकारी राख्नुभएको थियो । भेटका क्रममा शान्ति मन्त्री पहाडिले नेपालको शान्ति र संविधान लेखन प्रक्रिया अगाडि वढिरहेको जानकारी दिंदै सेना समायोजन कार्य पनि सन्तोषजनक रुपले अगाडि वढिरहेको र यो जेठ १४ भित्रै सम्पन्न हुने विश्वास दिलाउनुभएको थियो । उहाँले स्वेच्छीक अवकास रोजेका लडाकुहरु समाजमा सामान्य जिवन यापन गरिरहेका जानकारी पनि गराउनुभयो । उहाँले आम माफिका सन्दर्भमा जघन्य अपराधमा संलग्नलाई माफी नदिने स्पष्ट पार्नुभयो ।
यसैगरी मन्त्री पहाडिले नेपालको शान्ति प्रक्रियामा अमेरिकाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा विदेशमन्त्री  डा. आयर्सले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ