अपाङ्ग कलाकार सचेतना फैलाउँदै मेलामा

१३ पुष २०६९, शुक्रबार ०६:५१ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, पुस १३ गते । अपाङ्गलाई सबैले सामान्य सहानुुभूति देखाउनु स्वभाविकै हो । असक्त तथा अपाङ्हरुको जीवनयापनको लागि राज्यले पनि सहयोगी भूमिका खेल्नुपर्छ भन्ने आवाज उठ्दै आएको पनि छ । तर अपाङ् भएर पनि आफै गीत गाएर र नाचेर सचेतना फैलाउंदै हिडेका २७ बर्षीय चेतबहादुर केसी अहिले देश दौडाहामा हुनुहुन्छ ।
दुबै खुट्टा जन्मजात छोटा र बाङ्गा भएका केसीले अहिलेसम्म अपाङ्हरुलाई गरिने सामाजिक विभेदकै विरुद्धमा दुखद काहानीका गीतमा नाचेर सचेतना फैलाउंदै हिड्नुभएको छ । केसीले भन्नुभयो, ‘मैले हालसम्म १६ जिल्लामा नाच देखाइसकेको छु ।’ पिठ्यूले घिस्रेर हिड्ने केसीले बिहबिार बुटवलमा जारी लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय ब्यापार मेलामा उत्तानो परेर समेत नाच प्रस्तुत गर्दा धरै दर्शक अचम्म परे ।
पिठ्यूले टेकेरै भएपनि उहाँले कम्मर मर्काएर नाच्नुभयो । उहांले कम्मर मर्काएर नाच्ने गीत अपाङ्ग साथी आकाश विक विरही गाउनुभएको थियो । दाङबाट आउनुभएका यी अपाङ्ग कलाकारद्धयले मेला अवलोकनकर्तालाई मन्त्रमुग्ध नै बनाए गीत गाएर र नाचेर । विरहीले गाएको गीत अपाङ्गहरुकै दुखद कहानीमा आधारित थियो ।
जन्मजात अपाङ् केसी र माओवादी जनयुद्धमा परेर २०५८ सालमा एक खुट्टा गुमाएका विरहीले ‘मेलामा पाँच मिनेटको समय मागेर गाएको गीतले धरैको मन छोएको अनुभूत हून्थ्यो । विरहीले भन्नुभयो, ‘हामीलाई राज्यले उचित सम्मान गर्न सकेको छैन, हामी सचेतना फैलाउन र राज्यलाई दवाव दिन निरन्तर सांगीतिक अभियानमा लागेका छौं ।’
राष्ट्रिय अपाङ्ग सांस्कृतिक प्रतिष्ठान राप्तीमा आबद्ध यी कलाकारले आफूहरुले कारुणीक गीत गाउँदा मानिसहरु प्रभावित भएर आर्थिक सहयोग गर्ने गरेको पनि बताउँछन् । धौलागिरीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा ५० हजार रुपैयां सहयोग रकम संकलन भएको चेतबहादुरले बताउनुभयो । दुवै खुट्टा असक्त भएका चेतबहादुरले विवाह भने सपांग महिलासंग नै गरेको बताउनुभयो । उहांका एक छोरा र एक छोरी सपांग नै जन्मिएको जानकारी गराउनुभयो । उहांले सम्पूण जीवन अपाङ्गताबारे सचेतना फैलाउन र राज्यलाई दबाव दिन सांगीतिक क्षेत्रमै खर्चिने उल्लेख गर्नुभयो । उहाले भन्नुभयो, ‘मलाई दैवले ठगे पनि यो जीवन अपाङ्गहरुको सामाजिक विभेदका विरुद्ध सचेतना फैलाउन खर्च गर्नेछु ।’ यी अपाङ्ग कलाकारहरु बुुटवल देविनगरस्थित नेपाल अपाङ्ग आश्रमका डोलबहादुर रामदामको सहयोगमा मेला आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार