मानसकि अवस्था ठिक नभएका कैदीबीच झगडा हुँदा एकको मृत्यु

१३ पुष २०६९, शुक्रबार ०६:४५ मा प्रकाशित

काठमाडौं, १३ पुस । जिल्ला कारागार धुलिखेलमा थुनामा रहेका दुई कैदीबीच झगडा र कुटपिट हुँदा एक कैदीको मृत्यु भएको छ । चोरी मुद्धामा कैदी जीवन बिताइरहेका रसुवा जिल्ला धुवान–१ का २० बर्षीय नेपाल भन्ने कुमार नेपाली र तनहुँ जिल्ला पुर्कोट–७ का ज्यान मुद्धाका कैदी २७ बर्षीय हरिप्रसाद सापकोटाबीच दुई दिनअघि झगडा भएको थियो । उनीहरु दुबै मानसिक रोगी भएको बताइएको छ ।
बताइएअनुसार मानसिक रोगी कैदीहरु बेलाबेलामा अचानक कराउने, झगडा गर्ने गर्दथे । उक्त दिन पनि सामान्य झगडा भएको ठानेर कसैले वास्ता गरेका थिएनन् । एकआपसमा हात हालाहाल हुँदा छातीमा चोट लागी गम्भीर घाइते भएका कुमार नेपालीलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । अर्का कैदी हरिप्रसाद सापकोटाको अवस्था भने सामान्य रहेको छ ।
यसैबीच मोरङ टाँडी–४ बस्ने लंका राईकी २५ वर्षीया श्रीमती माया राई, निजकी छोरी तीन वर्षीया चाहना राई र डेड वर्षीय छोरा आइपिल राई मृत अवस्थामा फेला परेका छन् । मृतक राईले घरमा कोही नभएको अवस्थामा आफ्नै छोरी र छोरालाई घाँटीमा सलले बाँधी हत्या गरेर आफूले समेत आफ्नै मुटुमा छुरा प्रहार गरी आत्महत्या गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल