मध्य रात भुवनले जियाको चियाउदाँ

१३ पुष २०६९, शुक्रबार ०१:०७ मा प्रकाशित

युवतीसँगको सम्वन्धका कारण बारम्बार चर्चामा आइरहने नायक भुवन केसीको नाम अहिले एक नायिकासंग जोडिएको छ। चलचित्र एटीएममा अभिनय गरेर विवादस्पद छवि बनाएकी नायिका जिया केसी र भुवनको प्रेम सम्बन्धले नेपाली सिनेमा बजार कलिउड फेरि एक पटक तातेको छ। भुवन र जिया डेटिङमा रमाइरहेको र भुवनसंग जियाले बिहे गर्न चाहेको समाचार प्रकाशन गरेको थियो। प्रेम र रोमान्सलाई झन पुष्टि गर्दै जिया र भुवन रातको १२ बजेसम्मसंगै घुम्ने गरेको भेटिएको छ। पुस ६ गते शुक्रबार रातको साँढे दश बजे नायक भुवन केसी र नायिका जिया केसी दरबारमार्गस्थित जुनकुरी दोहोरी साँझमा देखिए। यी दुई जोडी रातको १२ बजेसम्म उक्त दोहोरी साँझमा रमाएका थिए। भुवन र जिया दोहोरी साँझमा प्रवेश गरेको केही समयपछि १० जनाको टोली पनि उक्त दोहोरीमा प्रवेश गरेको थियो। भुवनलाई जियाले निक्कै मायाँ गरेको एक प्रत्यक्षदर्शीले बताए। उनका अनुसार, भुवनको हातमा कुम राखेर बसेकी जियालाई देख्दा लाग्थ्यो उनीहरू बीचको सम्बन्ध धेरै नै उचाइमा पुगिसकेको छ। दोहोरी गीत गाउनेले पनि भुवन र जियाको विषयलाई मजैले भाकामा उचाले। दोहोरी गाउने महिला पात्रले भुवनलाई श्रीमान् बनाउने इच्छा राखिन्। तर, पुरुषले भुवनले जिया पाइसकेकाले तिम्रो ठाउँ छैन भन्दै प्रत्यत्तर दिए। भुवन र जिया दोहोरी सुन्दै रमाई रहेका थिए। रातको १२ बजे दोहोरी साँझ बन्द भएसँगै उनीहरू त्यहाँबाट निस्किएका थिए। जिया एउटा प्रतिभावान कलाकार भएको भन्दै नायक भुवन केसीले सञ्चारमाध्यममा उनीसँग कुनै सम्बन्ध नभएको बताइरहेको समयमा यो रोमान्सले यी दुईबीचको सम्बन्ध झ्याङ्गिएको थप पुष्टि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा

आजको प्रमुख समाचार