२०१३ को अगष्ट भित्र अनाधिकृत आप्रवाशीहरुको लागि एम्नेष्टी आउदैछ: केशवराज सेढाई

१२ पुष २०६९, बिहीबार २२:५१ मा प्रकाशित

अमेरिका आउनु भएको कति भयो ?
करिव करिब २० बर्ष पुग्न लाग्यो ।

कुन उद्देश्यले अमेरिका आउनु भएको थियो ?
उच्च शिक्षाको लागि आएको थिए ।

कानुन व्यवशायीको रुपमा काम गर्न थाल्नु भएको कति भयो ?
१९९४ मा एटलान्टामा प्रशिक्षार्थी कानुन व्यवशायीको रुपमा काम सुरु गरेको थिए पछि राष्ट्रसंघको तर्फबाट क्रोइशियामा काम गरे एक बर्ष र त्यही कामले जामम भएको पुंजी बाट न्युयोर्कमा आफ्नै कम्पनी स्थापना गरि कानुन व्यवशायीको रुपमा काम थाले ।

तपाईं लामो समय देखि अमेरिकामा हुनुहुन्छ, नेपाली मुलका अमेरिकीहरुको संख्या अवस्था कस्तो छ ?
मेरो अनुमानमा नेपाली मुलका अमेरिकीहरुको संख्या अहिले करिब १ लाख पचाश हजार हाराहारीमा हुनु पर्छ । पहिलो लटमा अमेरिका आएका नेपालीहरु बिद्यार्थी थिए जसले यहीं अध्यन गरे र अमेरिकी समाजमा स्थापित पनि भए । तर माओबादी द्वन्द पछि भित्रिएका नेपालीहरु र डाइवर्सिटी भिषामा आएका नेपालीहरु अवशरको खोजीमा छन् ।

पछिल्लो पुस्ताका नेपालीहरु जो अमेरिकामा स्थापित हुन सकेका छैनन् तिनीहरु कसरि अमेरिकी मुलधारमा समाहित हुन सक्लान, स्थापित हुन सक्लान ?
अमेरिकामा स्थापित हुन अमेरिकी आर्थिक, सामाजिक र राजनीतिक ढांचा बुझ्नु जरुरि छ । त्यसै गरि यो फरक भाषा, फरक संस्किर्ती, र भिन्दै सामाजिक संरचना भएको बिकशित तर पुंजीवादी अर्थतन्त्र भएको समाज हो भन्ने पनि बुझ्नु पर्छ । यहाँ जुन सुकै काम गर्दा पनि त्यो कामको दक्षता अनिवार्य छ र काम प्रतिको सम्मान र लगाव छ त्यो बुझ्नु जरुरी छ ।

हजारौ नेपालीहरु अमेरिकामा कानुनि हैसियत खोजि रहेका छन् तिनीहरुको अवस्था के हो र तिनीहरुले कानुनि हैसियत प्राप्त गर्ने सम्भावना कत्तिको छ ?
राष्ट्रपति क्लिन्टनको कालमा एम्नेष्टी आउदा कति नेपालीहरु गलत मान्छेको फन्दामा परेर सामान्य कानुनि प्रक्रिया जुन पुरा गर्न सकिन्थ्यो पुरा नगरेका कारण कानुनि हैसियत प्राप्त गर्ने अवसर बाट वन्चित भए र अहिले सम्म भौतारी रहेका छन् । त्यस पछि तत्कालिन राष्ट्रपति जर्ज बुशले आफ्नो पहिलो कार्यकालमा एम्नेष्टी ल्याउने कोशिस गरे तर उनकै दलले बिरोध गर्यो । त्यस पछि नाइन इलाभेन घट्यो जसका कारण एम्नेष्टी आएन । राष्ट्रपति बराक ओबामाले कानुनि हैसियत नभएका इमिग्रेन्टहरुको मुद्धामा चुनाव जिते तर पहिलो कार्यकाल रिपब्लिकन नियन्त्रित तल्लो सदनको विवाद मै बित्यो । राष्ट्रपति बराक ओबामा दोस्रो कार्यकालको लागि निर्वाचित भए लगत्तै कानुनि हैसियत नभएका इमिग्रेन्टहरुको मुद्धा सम्बोधन गर्ने कोशिस मा देखिएका छन् भने यता रिपब्लिकन पनि यो मुद्दा टुंग्याउने पक्षमा छ र आन्तरिक गृह कार्य सहमतिमा भै रहेको छ । अर्थात् कानुनि हैसियत नभएका इमिग्रेन्टहरुलाई कानुनी आधार प्रदान गर्न राष्ट्रपति बराक ओबामा र बिपक्षी रिपब्लिकन सहमत भएका छन् र छिट्टै एम्नेष्टी ल्याउन २०१३ को मार्च बाट हाउसमा छलफल सुरु हुनेछ भने अगस्तमा यो बिल कुनै अप्रिय अवस्था बाहेक अनुमोदन भै सक्छ जसले नेपाली मुलका कानुनि हैसियत नभएका इमिग्रेन्टहरुलाई कानुनी आधार प्राप्त गर्ने महत्वपूर्ण अवसर हुनेछ ।

कानुनि हैसियत नभएका इमिग्रेन्टहरुलाई सम्बधन गर्ने भनिएको राष्ट्रपति बराक ओबामाको योजना भनेको के हो ?
करिव १२ मिलियन अनधिकृत आप्रवाशी इमिग्रेन्टहरुलाई एम्नेष्टी मार्फत कानुनी आधार प्रदान गर्ने राष्ट्रपति बराक ओबामाको योजना हो र २०१३ को सुरुवात बाटै छलफल सुरु भै अगस्त भित्रमा टुंगोमा पुर्याउने उनको योजना छ ।

नेपाली मुलका अनधिकृत आप्रवाशी इमिग्रेन्टहरुले आउन लागेको एम्नेष्टी मार्फत कसरि कानुनी हैसियत प्राप्त गर्न सक्लान ?
अमेरिका बसेको तथ्य खुल्ने कुनै पनि प्रमाणहरु जस्तो अमेरिकामा बैंक खाता खोलेको प्रमाण, बिजुली, टेलिफोन, केवलको बिल तिरेको रशिद र अनाय कुनै पनि प्रमाण सुरक्षित राख्नु जसले यो प्रक्रियामा सहयोग पुर्याउने छ । त्यस्तै यस अघि नपाली मुलका अनधिकृत आप्रवाशी इमिग्रेन्टहरुले गलत मान्छेहरुको सल्लाहमा परेर जुन मौका गुमाउनु भयो यस पटक त्यो भुल नगरी नजिकको कानुनी व्यावशायीहरुको परामर्श लिनु होला जसले कानुनी आधार प्राप्त गर्ने प्रक्रियामा सहि बाटो देखाउन ।

पुनश्च: यदि यहाँहरु पनि अनधिकृत आप्रवाशी इमिग्रेन्टहरुको हितमा आउन लागेको एम्नेष्टी मार्फत कसरि कानुनी हैसियत प्राप्त गर्न सकिन्छ भन्ने कानुनी जानकारी लिन चाहानु हुन्छ वा कुनै पनि इमिग्रेशन कानुन सम्बन्धि परामर्श लिन परेमा तलको ठेगनामा सम्पर्क गर्नु होला:
146 West 29th Street, 10th Floor
New York, NY 10001
(located between 6th and 7th Avenues)
Tel: (212) 571-6002
Fax: (212) 571-7302
[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू अधिक मात्रामा लोकतन्त्रको नारा

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ,

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर