ओभरहेड खानेपानी ट्याङ्कीको उदघाटन

१२ पुष २०६९, बिहीबार १८:५७ मा प्रकाशित

रुपन्देही, १२ पुस । कपिलबस्तु जिल्लामा कोपवा गाविस र महेन्द्रकोट गाविसमा एकै दिन ४ वटा ओभरहेड खानेपानी ट्याङकीको समुदघाटन गरिएको छ ।
जिल्ला विकास समिति कपिलवस्तु र स्थानीय गाविस र फिनल्याण्ड दुतावासको सहयोगमा परियोजना सम्पन्न भएको हो । कोपवाको बैकुण्ठपुरमा भव्य समारोहकाबीच ओभरहेड खानेपानी ट्याङकीको समुदघाटन गरिएको छ । स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक आयोजनाका महानिर्देशक भुपेन्द्र बहादुर बस्नेत र फिनल्याण्ड दुतावासका बिकास काउन्सिलर कारी लेप्पानेनले संयुतm रुपमा समुदघाटन गर्नुभएको छ ।
कोपवा गाविसमा दुर्गा देवी खानेपानी तथा सरसफाई आयोजनाको नामवाट
परियोजनाको कार्य गरिएको थियो । २० घन मिटर क्षमता रहेको उत्त ओभरहेड ट्याङकीको पानीले कोपवा गाविस वडा न. ५ श्रीनगर र वैकुण्ठपुर गाउंका स्थानीय वासि प्रत्यक्ष रुपमा खाने पानी वाट लाभान्नीत भएका छन । उक्त खानेपानी ८८ घरधुरीका ४२९ जनसंख्याले प्रयोग गर्ने भएका छन ।  स्थानीय उपभोक्ता, जिविस  पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र कोपवा गाविसको सयुक्त लगानी गरि जम्मा ४९ लाख,४८ हजार ३ सय १२ को लागतमा  निर्माण सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै स्थानीय पूर्वाधार विकास तथा कृषि सडक आयोजनाका महानिर्दैशक भुपेन्द्र बहादुर बस्नेतले जनताले सरकारको लगानीलाई सकरात्मक रुपमा लिई विकासमा लागेकोमा धन्यवाद प्रदानु गर्नुभयो । साथै परियोजनाको दिगो पनको लागि स्थानीय उपभोक्ता सरक्षरण र मर्मतमा लाग्नु पर्ने बताउनुभयो ।
त्यस्तै सहयोगी  दातृ फिनल्याण्ड दुतावासका बिकास काउन्सिलर कारी लेप्पानेनले सहयोगको रकम नेपालमा सदुपयोग भएको र नेपालका विकास निर्माणमा प्रदान गरिएको रकमले जनताको जिवनमा प्रत्तक्ष फाईदा पुगेको बताउनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी राम प्रसाद पाण्डे, जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख शिवमान श्रेष्ठ, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख दिनबन्धु झा, जिल्ला वास परियोजनाका सल्लाहाकार शभुषण ठाकुर लगायतले परियोजनाको बारेमा वोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार