तपस्वी बमजनका अनुयायीले बन्धक बनाइएकी बिदेशी महिला मुक्त

१३ चैत्र २०६८, सोमबार ११:५६ मा प्रकाशित

बारा, १३ चैत । तपस्यारत भनिएका रामबहादुर बम्जनको आदेशमा बन्धक बनाइएकी स्लोभाकियाकी मिरिची मुक्त भएकी छन् । मिरिचीलाई हिजो साझ बम्जनको संरक्षण गर्दै बोधी श्रवण धर्म संघका दर्शन लिम्बुले सिमरामा ल्याएर छोडेको बताइएको छ । मिरिची बन्धकमुक्त भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यलय बाराबाट गएको प्रहरी टोलीले मिरिचीसँग कुराकानी गर्न खोजे पनि प्रहरी देखेपछि उनी डराएर भाग्न खोजेको बताईएको छ । त्रसित मुद्रामा रहेकी मिरिचीले आफूलाई कसम खुवाएर पं्रहरी र पत्रकारसँग केही नभन्न चेतावनी दिएको बताएकी छिन् । हात भाँचिएको अवस्थामा भेटिएकी मारिचीको उपचार राम्रोसंग नभएका कारण काम्रे बानेको प्रहरीले बताएको छ । बम्जनको तपस्यामा बाधा पुर्याएको भन्दै ३ महिना अघि मिरिचीलाई बोधी श्रवण धर्म संघले बन्धनक बनाएको खबर सार्वजनिक भएको थियो । मिरिचीसँगै बन्धक भएकी सिन्धुपाल्चोक जिल्लाकी माता आनी नाम गरेकी महिलाको अवस्था भने अझै अज्ञात छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ