फेरी नेविसंघको कार्यालय तोडफोड

१२ पुष २०६९, बिहीबार १८:३४ मा प्रकाशित

काठमाडौं, २२ पुस । कांग्रेस निकट नेपाल विद्यार्थी संघको कार्यालय बिहीबार पनि आफ्नै कार्यकर्ताबाटै तोडफोड भएको छ ।
नेविसंघ पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेमाथि कुपण्डोलको एडभान्स इन्जिनियरिङ कलेजमा संस्थापन समूहले आक्रमण गरेको भन्दै आक्रोसित कार्यकर्ताले पुतलि सडक स्थित संघको कार्यालय तोडफोड गरेका हुन् । यसअघि पनि नेविसंघको एक समूहले कार्यालय तोडफोड भएको थियो ।
उनीहरुको आक्रमणबाट कार्यालय क्षति ग्रस्त भएको छ । उनीहरुले कार्यालेको झ्यालको सिसा तथा सोफाहरुमा बढी क्षति पु¥याएका छन् । संगठनका प्रवक्ता युपी लामिछानेले संगठनका लागि कार्यालय तोडफोड हुनु दुखद् घटना भएको बताए । उनले भने, ‘यसबारेमा हामीले छानबिन गरिरहेका छौं, दोषिलाई कारबाही गरिन्छ ।’
नेविसंघले तोकेका प्रतिनिधि सुदर्शन लौडारीको अनुपस्थितिमा काफ्लेलाई लगेर कलेज अधिवेशन गर्ने तयारी भएपछि भएको झडपमा काफ्ले घाइते भएका थिए । झडपमा संस्थापन समूहका नेता सुदर्शन खतिवडा पनि घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार