शिव सेनाद्धारा उपत्यका बन्दको घोषणा

१२ पुष २०६९, बिहीबार १७:१४ मा प्रकाशित

काठमाडौं १२ पौष । राष्ट्रिय शिव सेना पार्टीले पौष २७ लाई राष्ट्रिय एकता दिवस घोषणा नगरे  पौष २३ र २४ गते उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।
पौष २२ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्न विगत वर्षदेखि नै माग गर्दै आएको भन्दै आउँदो २२ गतेभित्र नेपाल सरकारले पौष २७ लाई राष्ट्रिय एकता दिवस घोषणा नगरे २३ र २४ गते शान्तिपूर्ण उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाली जनताले संविधान निर्माण गर्न जनादेश लिएका राजनीतिक दलहरु लाचार पात्र भएको भन्दै सत्ताको लुछाचुँडी र मोजमस्तीमा व्यस्त रहने नेताहरुले  नेपाली जनताको सपनालाई चकनाचु बनाएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष विक्रमबहादुर बमले देशको ६४ जिल्लामा जिल्ला समिति गठन गरिसकेको दावी गर्दै भने– हामी पौष २७ लाई राष्ट्रिय एकता दिवस गरायरै छाड्छौ, हाम्रो अभियानलाई कुनै तागतले छेक्न सक्दैन ।
उनले पौष २२ सम्ममा नेपाल सरकारले पौष २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक विदा दिएन भने २३ र २४ गतेको नेपाल बन्द लगतै कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।
उनले सबै जातजाति, भाषा–भाषी, सबै धर्माबलम्बीहरुबीच सह–अस्तित्वको भावनामा बाँधेर नेपाललाई सुन्दर पूmलबारी बनाउने स्व। श्री ५ पृथ्वीनारायण शाहको अभियानलाई पाखा लगाउँदै ठूला पार्टीका नेताहरुले नेपाल र नेपालीहरुको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाए ।
महामन्त्री निरकुमार सम्वाहाङ्फे लिम्बुले नेपाल र नेपालीहरुको अस्तित्वसँग गाँसिएको पौष २७ लाई राष्ट्रिय एकता र मुलुकको स्वतन्त्रताको लागि सबै नेपालीहरुले आवाज बुलन्द पार्न आव्हान गरे ।
उनले पृथ्वीनारायण शाहको जन्म दिन पौष २७ लाई ऐतिहासिक राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक विदा दिन नेपाल सरकारसँग माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार