संविधानसभा पुनःस्थापनामा जाने गठबन्धनको निर्णय

१२ पुष २०६९, बिहीबार १७:१० मा प्रकाशित

काठमाडौं, १२ पुस । सत्तारुढ ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले पुस २५ गतेसम्ममा पनि निर्वाचनका विषयमा सहमति नभए निर्वाचन मुद्दा छाडेर संविधानसभा पुनःस्थापनातिर लाग्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सहमतिका लागि भन्दै अघि सारेको तीन विकल्पमध्ये तेस्रो विकल्पमा ‘पुस २५ गतेसम्ममा पनि निर्वाचनमा सहमति नभए संविधानसभा पुनःस्थापना गर्ने’ उल्लेख छ ।
गठबन्धनको बैठकले सहमतिका लागि अघि सारेको तीन विकल्पमध्ये पहिलो विकल्पमा वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप प्रदान गर्ने उल्लेख छ । यही सरकारले निर्वाचन गर्ने गरी पहिलो विकल्प दिइएको छ । गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार पहिलो विकल्पमा सहमति नजुटे गठबन्धनले गठबन्धनभित्रैबाट अर्को व्यक्ति प्रधानमन्त्रीको उम्मेद्वार प्रस्ताव गर्नेछ । यी दुई विकल्पमाथि सहमतिको प्रयास पुस २५ सम्म मात्रै हुनेछ । पुस २५ सम्म सहमति नजुटे स्वतः तेस्रो विकल्पमाथि बहस केन्द्रित हुने गठबन्धनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार