ऊँटको टोकाइबाट एकको मृत्यु

१२ पुष २०६९, बिहीबार १६:३० मा प्रकाशित

बेइजिङ, १२ पुस । ऊँटको टोकाइबाट चीनमा एक व्यक्तिको मृत्यु भएको छ । मेट्रोडटयुकेडटको रिपोर्ट अनुसार लियोनिङ प्रान्तको डालियानमा ऊँटले टोकेको ‘सन’ उपनाम भएका व्यक्तिको मृत्यु भएको हो । ऊँटले टोकेपछि उपचारका लागि उनलाई असपताल लगिएको थियो । तर, उपचारका लागि अस्पतालको पुर्‍याएको करिब तीन घन्टापछि मृत्यु भएको थियो ।
कहिल्यै नरिसाउने उक्त ऊँटले सनको टाउको र पिठ्युँमा नराम्ररी टोकेको थियो । त्यसपछि सन गम्भीर घाइते भएका थिए । ऊँट हात्तीझैं शान्त र समझदार जीव मानिन्छ । तर, रिस उठेपछि वा मानसिक सन्तुलन गुमाएपछि ऊँट पनि खतरनाक हुन पुग्छ । यस्तो स्थितिमा उसले टोक्ने र बलियो खुट्टाले प्रहार गर्न सक्छ । निकै अग्लो भएको हुनाले मान्छेले लामो समयसम्म ऊँटको प्रतिकार गर्न सक्दैन र पराजित हुन पुग्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य