‘चुनावन नगराउने षड्यन्त्रमा सरकार’

१२ पुष २०६९, बिहीबार १६:२३ मा प्रकाशित

काठमाडौं, १२ पुस । नेपाली काँग्रेसले बाबुराम भट्टराई नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको आरोप लगाएको छ ।
प्रधानमन्त्री भट्टराई अलमल्याएर बैशाखमा चुनाव नगराउने षडयन्त्रमा लागेकाले काँग्रेसले चुनावका लागि दवाव दिने जानकारी आज एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गराएका छन् ।
एमाओवादीका अध्यक्ष दाहालसँग आज विहान भएको छलफलमा काँग्रेस नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले वर्तमान सरकारमा कुनै पनि हालतमा सहभागी नहुने पनि जानकारी गराएका छन् ।
चुनावका लागि वाधा अड्काउ फुकाउन आफूहरु सहमत भएपनि भट्टराई सरकार छोड्न तयार नरहेको काँग्रेसको आरोप छ ।  काँग्रेस नेताहरुले वर्तमान सरकारका कारण अहिले प्राप्त उपलव्धि गुम्ने खतरा रहेको भन्दै पार्टी त्यसतर्फ सचेत रहेको दावी समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९