अन्तरजातीय जोडीद्वारा सुरक्षाको माग

१२ पुष २०६९, बिहीबार १४:४३ मा प्रकाशित

सिरहा, १२ पुस । प्रेम विवाह गरेर विस्थापित भएका धनुषाका एक अन्तरजातिय जोडी आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै सिरहाको लहान आइपुगेका छन् ।
धनुषाको प्रखे महुवा गाविस– १ का २० वर्षीय तुलसीराम पासवान र सोही ठाउँकी १८ वर्षीया पूजा शर्मा प्रेम विवाहपछि आफूलाई असुरक्षित महसुस गर्दै लहान आई पुगेको राससले जनाएको छ ।
पासवान, आफूले २०६८ साल चैत २५ गते भारतको राजस्थानमा पूजासँग प्रेम विवाह गरेको बताए । आफूविरुद्ध पूजाको बुबाले धनुषा प्रहरीमा अपहरण गरेको भनेर मुद्दा दर्ता गराएको कारण असुरक्षित भएको उनको भनाई थियो । पूजाले पनि आफू दुवै जनाले राजीखुसीले विवाह गरेको बताइन् ।
केटापक्षले विवाह गरेर घरमा राख्न चाहे पनि माइतीपक्षले ज्यान मार्ने धम्की दिँदै आएकाले त्यो सम्भव नभएको उनीहरुको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार