गाविस सचिवलाई १५ यि थप भत्ता दिने मन्त्री परिषदको निर्णय

१२ पुष २०६९, बिहीबार १२:४४ मा प्रकाशित

काठमाडौं, १२ पुस ।  सरकारले गाउँ बिकास समितिका सचिवको कामलाई प्रभावकारी बनाउन मासिक १५ सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कार्यक्षेत्रमा जाने र तोकिएको काम गर्ने गाविस सचिवलाई मासिक १५ सय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता राजकिशोर यादवले जानकारी दिए ।
बैठकले नेपाल न्याय सेवा गठन समूह तथा श्रेणी विभाजन, नियुक्ती, सरुवा, बढुवा नियमावलीको तेस्रो संसोधन २०६९ स्वीकृत गरेको छ ।
बैठकले गणतन्त्रको मर्म अनुसार विभिन्न १६ वटा नियमावली संसोधन गरेको छ । त्यस्तै प्रधानसेनापति गौरबशमसेर राणाको भारत भ्रमण स्वीकृत गरेको छ । राष्ट्रिय मदरसा शिक्षा परिषद्को अध्यक्षमा नेपालगंजका मंसुर अहमदलाई नियुक्त गरिएको यादवले जानकारी दिए ।
त्यस्तै बैठकले संचार मन्त्रालयको सल्लाहकारमा शिवप्रसाद अधिकारी र नेपाल टेलिभिजनको अध्यक्षमा सिताराम अग्रहरीलाई नियुक्त गरेको छ । बैठकले प्रहरीमाथि आक्रमण गर्दा भएको जवाफी कारबाहीमा  ज्यान गुमाएका रौतहटका रमोद कलवारको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको प्रवक्ता यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार