रञ्जनाको फेसबुक फ्रेन्डलिस्टबाट श्याम डिलिट

१२ पुष २०६९, बिहीबार ०८:४९ मा प्रकाशित

आफ्नी पत्नी रञ्जना शर्मालाई अमेरिका पठाउन श्याम भट्टराईले के–के गरेनन् । साथीभाइसँग ऋण लिएर लाखौँ खर्च गरेर रञ्जनालाई अमेरिका पठाएका श्याम यतिबेला टाउकोमा हात राख्न बाध्य छन् । रञ्जना उता पैसा कमाइरहेकी छिन् तर श्यामलाई भने नेपालमा साहुहरूले ताकेता गरिरहेका छन् । अब त रञ्जना फर्किलिन् र ऋण तिरौँला भन्ने आशा पनि श्यामले मारिसके । यसै साता एक कार्यक्रममा भेट्दा निकै भावुक भएर श्यामले भने, ‘अब त हुँदाहुँदा फेसबुकबाट पनि मलाई हटाइछे रञ्जनाले । अब म ढुक्क भएँ कि उसले मलाई धोका दिई ।’
उता रञ्जनाले फेसबुकको फ्रेन्डलिस्टबाट आफूलाई हटाए तापनि नेपालमा रहेका आफ्ना साथीहरूको सहयोगबाट बनाएको चलचित्र ‘लङ्का’ले राम्रो व्यवसाय गरेपछि भने श्यामलाई ऊर्जा पनि मिलेको छ । उनी अहिले आफ्नो परिवारले भनेको कुरा सम्झन थालेका छन्, ‘पानी मूलको र केटी कुलको हेर्नु । पे्रम साँच्चै अन्धो हुँदोरहेछ । त्यही अन्धोले गर्दा म डुबेँ ।’
यसो हुँदा पनि श्यामले रञ्जनालाई बिर्सन भने सकेका रहेनछन् । अमेरिकाबाट नेपाल आउने व्यक्तिलाई रञ्जनाको बारेमा सोधखोज गर्न उनले छाडेका छैनन् । ‘तर, विभिन्न व्यक्तिहरूले विभिन्न कुराहरू सुनाउँदा भने दिक्क लागेर आउँछ,’ उनी थप्छन्, ‘सँगै केही समय बसेको कुकुरलाई त बिर्सन सकिन्न भने ऊ त मेरी जीवनसङ्गिनी थिई । उसलाई कसरी बिर्सन सकिन्छ र ? याद त आइहाल्छ नि ।’
अब भने श्याम नयाँ घरजम गर्ने हो कि भनेर सोच्न पनि थालेका छन् । ‘अमेरिकाबाट मलाई सदाका लागि बिर्सेको हो भने म पनि यताबाट सदाका लागि बिर्सन तयार छु,’ उनको ठोस निर्णय छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो

एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक

काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी

आजको प्रमुख समाचार