फोरम गणतान्त्रिकका नेताहरुबीच हातहालाहाल

१३ चैत्र २०६८, सोमबार ११:३९ मा प्रकाशित

काठमाडौ, १३ चैत । मधेसी जनअधिकार फोरम गणतान्त्रीकको संसदीय दलको बैठकमा नेताहरुबीच हात हालाहाल भएको छ ।  आज बिहान वसेको फोरम गणतान्त्रिक संसदीय दलको वैठकमा विनाबिभागीय मन्त्री समेत रहनुभएका राजलाल यादव र नेता बीपी यादवबीच भनाभनपछि हात हालाल भएको हो । संसदीय दलको नेताको बारेमा छलफल भइरहेको बेला नेता बीपी यादवले आफूलाई दुब्र्यबहार गरेको विनाबिभागीयमन्त्री राजलाल यादवले बताउनुभयो । आफूलाई भएको दुब्र्यवहारविरुद्ध कानूनी रुपमा कारबाहीको लागि प्रक्रिया थाल्ने बताए । नेतृत्व वरियताको आधारमा पार्टी र सरकारको नेतृत्व आफूले पाउनुपर्ने विना विभागीय मन्त्री यादवको भनाइपछि विवाद सुरु भएको थियो । पार्टी अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार घोषित भइ जेल गएपछि नेतृत्वको विषयमा फोरम गणतान्त्रिकभित्र तीब्र विवाद छ । फोरम गणतान्त्रिकमा कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा समेत विवाद रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा